सल्यान काग्रेस द्वारा वि पि १०७ औ जन्म जयन्तीको अवसरमा विचार गोष्ठीको आयोजना
बि पि कोइरालाको १०७ औ जन्म जयन्ती नेपाली काग्रेस जिल्ला कार्यसमिति सल्यानले एक कार्यक्रम गरि विपिको संस्कार, विचार गोष्ठिको आयोजना गरि पार्टी कार्यालय सल्यान खलंगा मनाएको छ ।
नेपाली काग्रेसले देश ब्यापी रुपमा गरेको कार्यक्रम अन्तर्गत सल्यानमा गरेको कार्यक्रममा जिल्ला स्तरका नेता हरुले वि पि ले देखाएको सत्मार्गको बाटो हिड्नु पर्ने पार्टीलाई एक बनाएर अगाडी हिड्नुको विकल्प नरेको बताएका थिए ।
नेपाली काग्रेस सल्यानका सभापति गनेश चन्दको सभापतित्व तथा उपसभापति निम बहादुर ओलिको स्वागत मन्त्बय बाट सुरु भएको कार्यक्रममा महसमिती सदस्य धुर्ब पुरी, जिल्ला समन्वय समितिका प्रमुख तथा महासमिति सदस्य केश बहादुर विष्ट, त्रिवेनि गाउँपालिकाका प्रमुख तथा महासमिति सदस्य मान बहादुर डाङी,नेपाली काग्रेस सल्यानका कोषाध्यक्ष जुद्ध बहादुर बुढाथोकी, पाटी सह–सचिव तथा तरुन दल जिल्ला उपाध्यक्ष सन्तोष सेन वली, महिल संघकि केन्द्रिय सदस्य पद्मा शाहा, क्षत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सीता केसि, जिल्ला कार्य समिति सदस्य कमान सिङ डाँगी, निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष नृप जङ शही, टे«ड युनियनका अध्यक्ष बिर बहादुर सेजवाल, नेपाल विद्यार्थी सघका उपाध्यक्ष प्रेम नारायण वि क लगाएतकाले बोल्नुुभएको थियो ।
जिल्ला स्तरका कार्यक्रता विभिन्न भातृ संगठनका प्रतिनिधि, शुभेच्छुक संस्था प्रतिनिधि लगाएको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण जिल्ला कार्यसमिति सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो ।