शारदा नगरको सहभोज कार्यक्रम सम्पन्न ।

  १० जेष्ठ २०७६, शुक्रबार २३:२०

शारदा नगरपालिका सल्यानले समता दिवशको अवसर पारेर शुक्रबार बरलामा सहभोज कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

समाज रुपान्तरणका लागि सह भोज भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा छुवाछुत, सामाजिक विभेद र अपहेलनाले जस्ता कुरतिलाई अन्त्य गर्ने उदेश्य रहेको नगर प्रमुख शुरेस अधिकारीले बताउनु भयो । सुन्दर समाज निर्माणका लागि अभ्यास बाटै कुरुतीलाई अत्य गर्न सकिने भन्दै नगर प्रमुख अधिकारीले निर्वाचनको समयमा आफुले ब्यक्त गरेको प्रतिबद्घता अनुसार यस्ता कार्यक्रम आयोजना गरेको बताउनु भयो ।


कार्यक्रममा दलित विकास समाजका अध्यक्ष निम बहादुर नेपालीले दलित हरु माथी भैरहेको सामाजिक विभेद अन्यायपुर्ण रहेको भन्दै सुन्दर समाजका लागि व्यबहारमै यस्को उन्मुलन हुनुपर्ने बताएका छन। कानुन र नितिगत रुपमा छुवाछूत हटेतापनी ब्यबहारिक पक्षमा अझै हट्न नसकेको उनले बताउनु भयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उप प्रमुख हरी प्रकाश बुढाथोकी, दार्मा गाँउ पालिकाका प्रमुख निम बहादुर के सी, शारदा नगरपालिकाका उप प्रमुख सावित्रा बस्नेत, छत्रेश्वरी गाउपालिकाकी उपाध्यक्ष सिता के सी, कुमाख गाउपालिकाका उपाध्यक्ष डिल्ली राज शर्मा, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, विभिन्न कार्यालय प्रमुखहरुलागएतको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा पुर्व राज्य मन्त्रिद्वय राजेन्द्र बहादुर शाह, सुरेन्द्र हमाल, पुर्व जिविस सभापती धुर्व राज पुरी, नेपाली काग्रेस पुर्व केन्द्रिय सदस्य डिल्ली राज रेग्मी, सल्यानका सभापती गणेश चन्द, उप सभापती निम बहादुर वली, विभिन्न वडाका वडाध्यक्षहरु, स्थानिय वासी, पत्रकार, कर्मचारी, स्थानिय वासी लगाएको उपस्थित रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website