शारदा नगरपालिकाको एक बिरुवा, बीस रुपैया अभियान आजदेखी शुरु

  २४ असार २०७६, मंगलवार १९:१५

शारदा नगरपालिका सल्यानले “एक बिरुवा, बीस रुपैया“ अभियान आजदेखी वडा नम्बर ३ बाट सुरु गरेकोछ । गएको असारमा शारदा नगरपालिकाका १५ वटै वडामा १५ हजार बिरुवा निशुल्क बितरण गरि बिरुवा उमार्ने नगरवासी लाई प्रती एक बिरुवा वाफत २० रुपैया अनुदान दिने घोषणा गरे बमोजिम बिरुवा उमार्ने ३ नम्बरका स्थानिय लाई अनुदान बितरण गरि अभियानको सुरुवात गरिएको छ ।


अभियानको सुरुवात गर्दै शारदा नगर प्रमुख सुरेश अधिकारिले हरियाली युक्त नगर र स्वच्छ जीवनस्तर वनाउने उदेश्यका साथ अनुदानको व्यवस्था गरिएको बताउनुभयो । उहाले वातावरनको विनासले मानविय प्रतिकुल असर भैरहेको भन्दै वातावरणको रक्षा गर्ने अभियान स्वरुप बिरुवा उमार्ने नगरवासी लाई प्रोत्साहनका लागि अनुदानको ब्यवस्था गरिएको जानकारी दिनुभयो अभियान प्रारम्भमा वडा नम्बर ३ का अध्यक्ष टोप बहादुर थापा लगाएको उपस्थिति रहेको थियो
नगर कृषि कार्यालयका अनुसार बितरित बिरुवा मध्य ३ हजार बढी बिरुवा हुर्किएको तथ्याङ्क प्राप्त भएकोछ।१५ वटै वडा बाट लिइएको तथ्याङ्क अनुसार बिरुवा हुर्काउने नगरवासी लाई सम्वन्धित वडा बाटै अनुदान उपलब्ध गराइने नगरले जनाएकोछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website