शारदा नगरपालिकाको छैठौ नगरसभा १४ वटा विधेयक पारित गर्दै सम्पन्न ।

  २७ पुष २०७६, आईतवार २०:२८

शारदा नगरपालिकाको छैठौ नगर सभा आइतबार सम्पन्न भएकोछ। शनिबार देखि सुरु भएको नगर सभा विभिन्न १४ वटा बिधेयक, कार्यबिधी र नितिहरु पारित गर्दै सम्पन्न भएको हो । प्रस्तुत बिधेयक माथिको छलफलमा बोल्दै सभासद हरुले केहो सङ्सोधनको प्रस्ताव राखेका थिय।समग्रमा कानुन र कार्यबिधीहरु उत्कृस्ट रहेकोले ठूलो सङ्सोधनको आवस्यक्ता नरहेको पनि उनी हरुको धारणा थियो। १४ वटा बिधेयक,कार्यबिधी र नीति हरु सर्वसम्मतिले पारित भएकाहुन् ।

नगरसभाको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारिले सवैको साथ र सहयोगले शारदा नगरपालिका चली रहेको भन्दै कसैलाइ अन्याय नगरी अवका बाकी अवधिमा पनि आफुहरु अघि बढ्ने धारणा राख्नुभयो। मह्त्वपुर्ण सुझावका लागि सभासद हरुलाइ धन्यवाद दिदै अधिकारिले नगर सभा सन्चालन गर्न सहयोग पुर्याउने सवैलाइ धन्यवाद दिनुभयो।


साथै नगर सभाले भर्खरै काठमान्डौमा सम्पन्न साग म्याराथनमा रजत पदक बिजेता शानपा १४ कि पुस्पा भण्डारी लाई १० हजार रुपैया नगत, प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको । नेपाल लाई एतिहासिक जित दिलाउन सफल भएको भन्दै भण्डारी लाई नगर प्रमुख सुरेश अधिकारी र उप प्रमुख साबित्रा बस्नेतले टीका र खादा ओढाइ सम्मान गर्नुभएको थियो। त्यस्तै नगरपालिकाले नेपालमै उत्कृस्ट सहकारिको रुपमा परिचित ग्रामिण सहकारी बचत तथा ऋण सहरकारी संस्था शारदा नगरपालिका २ लाई पनि सम्मान गरेको छ। सहकारी सस्थाका सचिव सनत कुमार शर्माले सम्मान पत्र ग्रहण गर्नुभएको थियो। त्यसैगरी खलङ्गा सदरमुकामका होटेल ब्यवशायी हिमाल श्रेस्ठ पनि सम्मानित हुनुभएको छ। सुलभ होटेलका सन्चालक श्रेस्ठ लाई पर्यटन प्रबद्घनमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको हो ।

नगर सभामा उठेका प्रश्न हरुको उत्तर नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाही र नगर शिक्षा प्रमुख लिलाधर बबालले दिनुभएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website