शारदा नगरपालिकाको प्रवक्तामा शर्मा : बिषयगत समितिले पुर्णता पाए

  ४ मंसिर २०८१, मंगलवार ०७:५८

सल्यान, ३ मंसिर । सल्यानको शारदा नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडाअध्यक्ष राजेश कुमार शर्माले पाउनु भएको छ । सोमबार बसेको शारदा नगरपालिका नगरकार्यपालिकाको बैठकले शारदा नगरपालिका–११ का वडाअध्यक्ष शर्मालाई नगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिएको हो । नगरप्रमुख प्रकाश भण्डारीले प्रचलित कानुनको परिधिमा रहि काम गर्नको लागि शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिनुभएको छ ।

यस्तै नगरपालिकाले विभिन्न विषयगत समितिहरु गठन गरेको छ । नगरपालिकाले गर्ने काम र सेवालाई प्रभावकारी र स्तरीय बनाउने लक्ष्यका साथ नगरपालिकाले आधा दर्जन बढी बिषयगत समिति गठन गरेको हो । जसमध्ये सुशासन तथा संस्थागत विकास समितिको संयोजकको जिम्मेवारी ५ नम्बरका वडाअध्यक्ष प्रदिप शाहीले पाउनुभएको छ ।

यस्तै आर्थिक विकास समितिको संयोजकमा १४ नम्बरका वडाअध्यक्ष प्रकाश पुन, सामाजिक विकास समितिको संयोजकमा ६ नम्बरका वडाअध्यक्ष भिकराज बुढाथोकी, पूर्वाधार विकास समितिको संयोजकमा १ नम्बरका वडाअध्यक्ष प्रदिप कुमार पाण्डे, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा ४ नम्बरका वडाअध्यक्ष किशोर कुमार हमाल र विधेयक समितिको संयोजकको जिम्मेवारी कार्यपालिका सदस्य प्राण कुमार राईले पाउनुभएको छ ।

यस्तै सुशासन तथा स्थानीय सेवा समितिको संयोजकमा २ नम्बरका वडाअध्यक्ष सविन हमाल, अर्थ तथा सार्वजनिक लेखा समितिको संयोजकमा १२ नम्बरका वडाअध्यक्ष सुरेन्द्र बुढा, सामाजिक समितिको संयोजकमा ३ नम्बरका वडाअध्यक्ष तुलसा भण्डारी, कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक श्रोत समितिको संयोजकमा १५ नम्बरका वडाअध्यक्ष लोकमान बुढाथोकी र विधायन समितिको संयोजकको जिम्मेवारी ९ नम्बरका वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले पाउनुभएको शारदा नगरपालिकाले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website