शारदा नगरपालिकाको वडा नं. १ र १२ जोड्ने पक्की पुलको सिलान्यास
शारदा नगरपालिका वडा नं. १ शान्तीनगर र वडा नंं १२ रेशमज्युला जोड्ने शारदा नदिमा बन्न लागेको मोटरेबल पुलको आज सिलान्यास गरिएको छ । ५० मिटर लम्बाइ र ८.४ मिटर चौडाइमा निमार्ण हुन थालेको सो पुलको सिलान्यास शारदा नगरपालिकाका प्रमुख शुरेश अधिकारीले गर्नुभएको हो । नगरपालिकाको आन्तरिक स्रोतबाट निमार्ण हुन थालेको सो पुलको लागत रकम भ्याट बाहेक ३ करोड ८० लाख ४५ हजार ९ सय ७७ रुपैया रहेको छ । २०७५ माघ २० गते सम्झौता भइ २०७८ जेठ २० गते निमार्ण सम्पन्न हुने गरि सो पुलको निमार्णको जिम्मा गौरीपार्वती÷जुद्घ एण्ड पुर्ण जे. भि. तुल्सिपुर दाङले लिएको छ । शारदा नगरपालिका वडा नं. १२ र १३ का लाई प्रत्यक्ष फाइदा पुग्ने सो पुल सिलान्यास कार्यक्रममा उप प्रमुख सावित्रा बस्नेत, प्रमुख प्रशाशकिय अधिकृत कृष्ण बहादुर शाही, बडा नं. १२ का अध्यक्ष एवम् नगर प्रवत्ता दिपक कुमार हमाल, स्थानिय लगाएको सहभागिता रहेको थियो ।