शारदा नगरपालिकाको वडा नं. १४ र १५ मा सार्वजनिक सुनुवाई ।

  ९ बैशाख २०७६, सोमबार १७:४७

बैशाख ९, सल्यान । शारदा नगर पालिकाले २०७५÷०७६ को प्रथम तथा दोस्रो चौमासिक अवधिमा आफुले गरेका कामकार्वाही सम्वन्धमा नगर वासिसङ्ग अभिमत लिन सुरुगरेकोछ । शानपा १४ र १५ का नगरवासी हरुलाइ केन्द्रमा राखी सोमबार वरलामा गरिएको सार्वजनिक सुनुवाइका माध्यम वाट नगरले अभिमत लिन सुरु गरेकोहो ।

वरलामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वोल्दै सवै दलका प्रतिनिधि हरुले खासगरी शारदा नदिको मोटरेवल पुल निर्माण, सडक हरुको स्तर उन्नती, बिध्युत बिस्तार, अदुवाको उत्पादन लाइ वढोत्तरी, सिचाइको सुविधा र लक्षितवर्ग लाई केन्द्रमा राखेर काम गर्न नगर प्रमुखलाइ सुझाव दिएका थिय। कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानिय वासिन्दा, शिक्षक लगायत्ले सुझाव दिनुभएको थियो।

स्थानिय वासिन्दा हरुले उठाएका प्रश्न हरुको जवाफ दिदै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारिले मतदाता हरुले उठाएका कुराहरु पुराहुने चरणमा रहेको र केही पूरा भैसकेको भन्दै आफुले विकाशका सम्वन्धमा कुनै काम अधुरा नछोड्ने दृढता व्यक्त गर्नुभयो।अधिकारिले शारदा नदि माथिको मोटरेबल पुल बनाउन प्रदेशका अर्तमन्त्री प्रकाश ज्वालाले आश्वाशन दिनुभएको स्मरण गर्दै यदि यो कुरा अघि नबढेमा नगरले आफनै बजेट बाट भएपनी प्रारम्भ गर्ने आश्वासन दिनुभयो।

कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाहिले उठेका प्रशाशकिय प्रश्न हरुको जवाफ दिनुभएकोथियो भने १४ र १५ का वडा अध्यक्ष हरु कृष्ण बहादुर गिरि र हिमेन्द्रबाबू सेजवालले भावी बिकास योजना हरुको खाका प्रस्तुत गर्नुभएकोथियो। अभियान नेपाल सल्यानको व्यवस्थापन र शिव डाङ्गिको सहजिकरणमा सन्चालित कार्यक्रममा नगरका लेखा अधिकृत बामदेम गौतम,अधिकृत केशव बुढाथोकी, मधुसुधन उपाध्याय लगाएत सहभागी हुनुहुन्थ्यो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website