शारदा नगरपालिकाको सामाजिक शुरक्षा भत्ता वितरण कार्य निरन्तर, आज ११ नम्बर वडामा
सल्यानको शारदा नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिईरहेको छ । नगरभित्रका अति अशक्त जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै गएको शुक्रवार देखी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आज ११ नम्बर वडामा वितरण गरेको छ ।
बैंकमा आउजाउ गर्दा अति अशक्त जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सास्ती हुने भएपनि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको शारदा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष राजेश कुमार शर्माले बताउनु भयो। शर्माले भन्नुभयो विगतमा वडावासीहरुले खलंगा वजारमा रहेका बैँकहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता लिदैँ आएकोमा अववडा कार्यालयमा नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
शारदा नगरपालिका वडा नं. ११ का स्थानिय टिका खत्रीले बैँकमा पुगेर लाइन लागेर भत्ता बुझ्ने बाध्यता रहेकोमा अहिले भने सजिलो भएको बताउनुभयो । ‘भत्ता लिन खलंगामा रहेको बैंकमा जानुपर्दा सास्ती थियो, लामो समय पैदल र बसमा चढेर बैँकमा पुगेर लाइन लाग्नुपथ्र्यो’ उहाँले खुसी हुदैँ भन्नुभयो ‘भत्ता पाउनको लागि बैँक जानुपर्ने समस्या बाट मुक्ति मिलेको बताउनु भयो ।
शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले निर्वाचनको समयमा आफ्नो चुनावि घोषना पत्रमा उल्लेख गरेअनुसार शारदा नगरपालिकाका सम्पुर्ण वडाहरुमा पुगेर सामाजिक शुरक्षा भत्ता वितरण गरी नगरवासीहरुलाई सेवा दिने उल्लेख गर्नुभएको थियो ।
शारदा नगरपालिका भित्रका ६ हजार १ सय ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । ती मध्ये अति अशक्त, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो । भत्ता वितरण कार्यमा जनप्रतिनिधि, वैकंका कर्मचारी, शुरक्षाकर्मी नगरपालीकाका कर्मचारी लगाएतको उपस्थिति रहदै आएको छ ।