शारदा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वडा ६ र ७ मा ।

  ११ बैशाख २०७६, बुधबार १०:५६

शारदा नगरपालिकाले वडा नं. ६ र ७ का मतदाता हरुले नगरले हालसम्म गरेका विकास निमार्णका कार्य हरुको समर्थन गर्दै सडक, खानेपानी, विद्युत, कृषि र शिक्षा क्षेत्रमा अझै काम गर्नुपर्ने धारणा राखेका छन् । नगर प्रमुख सुरेश अधिकारिले मतदाता हरुका जिज्ञासाहरुको उत्तर दिदै नगरले मतदाता हरुका न्युनतम आवश्यकता हरुको पहिचान गरि समाधानको अधिकतम प्रयाश गरिरहेको स्पस्ट पार्नुभयो । अधिकारीले बजेटको दुरुपयोग हुननदिन मतदातालाइ सचेत बनाउदै वडा नम्बर ६ का बासिन्दाको खानेपानीको समस्या र ७ का बासिन्दाको पहिलो प्राथमिकतामा रहेको बिद्युतको समस्याको समाधान छिट्टै हुने आश्वासन दिनुभयो।

कार्यक्रममा उप प्रमुख सावित्रा वस्नेतले नगरले हाल सम्म गरेका विकाश कार्य हरु समावेशी तरिकाले अघि बढिरहेको भन्दै लक्षित समुहका लागि तोकिएको बजेटमा आगामी आर्थिकवर्ष देखि बढोत्तरी गरिने जानकारी दिनुभयो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानिय वासिन्दा, शिक्षक लगायत्ले सुझाव दिनुभएको थियो
कार्यक्रममा वडा नम्बर ६ र ७ का अध्यक्ष हरु भिकराज बुढाथोकी र लिला बहादुर रोकाले वडामा अहिले सम्म भएका बिकाश कार्यहरु र भावी योजना हरुवारे मतदाता हरुलाइ स्पस्ट पार्नुभएको थियो। कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्न बहादुर शाहिले प्रशासकिय गतिबिधी बारे जानकारी गराउनुभएको कार्याक्रममा लेखा अधिकृत बामदेब आचार्य,अधिकृत केशव बुढाथोकी लगाएतको सहभागिता रहेको थियो । अभियान नेपाल सल्यानको ब्यवस्थमपनामा भएको कार्यक्रमको सहजिकरण शिव डाँगिले गनुभएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website