शारदा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वडा ४ र ५ मा ।
शारदा नगरपालिकालको वडा नं. ४ र ५ मा मतदाता हरुले नगरले हालसम्म गरेका विकास निमार्णका कार्य हरु राम्रो भएको र नगरले सडक, खानेपानी, विद्युत, कृषि र शिक्षा क्षेत्रमा अझै काम गर्नुपर्ने धारणा राखेका छन् । नगर प्रमुख सुरेश अधिकारिले मतदाता हरुका जिज्ञासाहरुको उत्तर दिदै नगरले मतदाता हरुका न्युनतम आवश्यकता हरुको पहिचान गरि समाधानको अधिकतम प्रयाश गरिरहेको स्पस्ट पार्नुभयो ।
कार्यक्रममा उप प्रमुख सावित्रा वस्नेतले नगरले हाल सम्म गरेका विकाश कार्य हरु समावेशी तरिकाले अघि बढिरहेको भन्दै लक्षित समुहका लागि तोकिएको बजेटमा आगामी आर्थिकवर्ष देखि बढोत्तरी गरिने जानकारी दिनुभयो । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानिय वासिन्दा लगाएतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वडा नम्बर ४ र ५ का अध्यक्ष हरु सुधन विष्ट र प्रदिप शाहले वडामा अहिले सम्म भए गरेका बिकाश कार्यहरु र भावी योजना हरुवारे मतदाता हरुलाइ स्पस्ट पार्नुभएको थियो । कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्न बहादुर शाहिले प्रशासकिय गतिबिधी बारे जानकारी गराउनुभयो । कार्याक्रममा लेखा अधिकृत बामदेब आचार्य,अधिकृत केशव बुढाथोकी लगाएतको सहभागिता रहेको थियो । अभियान नेपाल सल्यानको ब्यवस्थमपनामा भएको कार्यक्रमको सहजिकरण शिव डाँगिले गनुभएको थियो ।