शारदा नगरपालिकाको ४५ करोड ६४ लाख ८३ हजार को बजेट प्रस्तुत

  ११ असार २०७६, बुधबार ०८:३०

शारदा नगरपालिकाले कुल ४५ करोड ६४ लाख ८३ हजार को बजेट प्रस्तुत गरेको छ । बजेट नगर उप प्रमुख शावित्रा बस्नेतले प्रस्तुत गर्नुभएको छ भने निति तथा कार्यक्रम शारला नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले प्रस्तुत गर्नुभयो ।
पुजिगत खर्च १५ करोड १३ लाख २५ हजार ५ सय, चालुखर्च ९ करोड ९ लाख ८३ हजार ५ सय, सशर्त अनुदान करिव २१ करोडको बजेट उप प्रमुख बस्नेतले प्रस्तुत गर्नुभयो ।


नगरनगरपालिकाको निति तथा कार्यक्रममा सवै वडाहरुलाई मुकाम जोड्ने सडकको स्तरिकरण, सबै वडामा बिध्युतिकरण गरि सक्ने लक्ष , सिचाइ कुला हरु पक्की गर्ने, गणेशमान स्वास्थ्य कार्यक्रम मार्फत जेस्ठ नागरिक हरु लाई प्रती महिना ३ सय स्वास्थ्य भत्ता, जेस्ठ नागरिक हरुलाइ दिइदै आएको २ हजार रुपैया दशै खर्च यथावत, विद्यालयहरुको गुणस्तरियता, स्वास्थ्य क्लिनिक हरुको स्थापना लगाएत लक्षित वर्गका लागि कार्यक्रम प्राथमिकता राखेको छ ।


खानेपानीको अभाव रोक्ने दिर्घकालिन योजना निर्माण गर्ने, प्रत्येक वडा हरुलाइ विभिन्न पकेट क्षेत्र घोषणा र शारदा नगरपालिका वडा नं. २ खलङ्गा पुरानो बसपार्कमा बि पि उद्धान निर्माण गरिने छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website