शारदा नगरपालिका द्वारा १ सय १० परिवारलाई राहात वितरण

  २१ चैत्र २०७६, शुक्रबार १०:३७

सल्यानको शारदा नगरपालिकाले दैनिक मजदुरी गर्ने विपन्न परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरी खाद्यन्न वितरण गरेको हो ।


लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने र ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरेकोे शारदा नगरपालिकाका नगर प्रमुख शुरेस अधिकारीले जानकारी दिनुभयो । नगर प्रमुख अधिकारीका अनुसार लकडाउनको समय अवधिभर पुग्ने गरी शारदा नगरपालिका भित्रका सबै विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने बताउनुभयो ।खाद्यनमा दाल, चामल, नुन, तेल र सरसफाईको लागि साबुन वितरण गरिएको हो ।

नगरपालिकाले १ सय १० जनालाई राहत वितरण गरेको जनाएको छ । वडा नम्वर ४ का २० जना, वडा नम्वर १ का १९ जना वडा नं. २ का ७१ जनालाई वितरण गरिएको छ । नगरपालिकाका अनुसार अन्य वडाको विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुको लगत संकलन भैरहेको र संख्या एकिन हुन वित्तिकै राहत वितरण गरिने छ । नगरपालिकाले विपन्न परिवारलाई १५ दिन पुग्ने गरी खाद्यान्न राहत उपलब्ध गराएको जनाएको छ

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website