शारदा नगरपालिका सम्वन्यमा नेपाली सेनाले बनायो २५ वेडको आइसोलेसन ।
शारदा नगरपालिकाको सम्वन्यमा नेपाली सेनाले सल्यानले २५ बेडको आइसोलेसन भवन निमार्ण गरेको छ । कोरोना सङ्क्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा नयाँ भवन निमार्ण गरी २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
सल्यान अस्पतालमा बेडको अभाव रहेकोमा २५ वेडको आइसोलेसन सेन्टर निमार्ण गरिएको प्रती आफुलाई खुसी लागेको बताउनु भयो । सेनाले छोटो समयमा सिमित बजेटले निमार्ण भएको भएको शारदा सबुज भवनको आफुले उच्च मुल्याकंन गरेको बताउनु भयो । बेडको अभावमा सङ्क्रमितलाई आकस्मिक कक्षमा समेत राखेर उपचार गर्नु पर्ने बाध्यता रहेकोमा अब उक्त बाध्यता हट्ने उहाको भनाइ रहेको छ ।
इमरजेन्सी वार्डलाई समेत कोरोना संक्रमितको उपचार गर्नको लागि प्रयोग गरिएको संक्रमित हरुलाई वेडको अभाव पुरा गर्न र अन्य जिल्लामा कोरोना विषेश अस्पताल रहेकोमा सल्यानमा कोरोना विषेश अस्पताल नरहेकोले यो आइसोलन सेन्टर निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाईले बताउनु भयो ।
स्वास्थ्यको मापदण्ड पालना गदै क्यापटेन दिपक बुढाथोकीको नेतृत्वमा ५० जनाको सहभातितामा आइसोलेसन भवन निमार्ण गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन कृष्ण बस्नेतले बताउनु भयो ।
प्राकृतिक प्रतिकुलता, निषेधाज्ञाका कारण सामान ढुवानीमा समस्या र कोरोना महामारीकै बिचमा १५ दिनको बिचमा आइसोलेसन, ३ शौचालय, एक बाथरुम निमार्ण गरिएको शंकर पाठकले बताउनुभयो ।
मंगलबार एक कार्यक्रमका विच स्वास्थ्य सेवा कार्यालय सल्यानलाई हस्ताणतरण गरिएको आइसोलेसन अब बेडको अभावमा संक्रमितले अकालमै मृत्यु बरण गर्नु पर्ने छैन, नेपाली सेनाको श्रम बाट निमार्ण भएको आइसोलेसन भवन पक्कै पनि उदाहरणीय रन प्रर्शनिय छ ।