शारदा नगरपालिका स्तरिय दोश्रो रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार देखी सुरु

  २० माघ २०७६, सोमबार २०:०९

शारदा नगरपालिका स्तरिय दोश्रो रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार देखी सल्यान खलङ्गमामा भएकोछ। शारदा नगरपालिका भित्रका १० वटा सामुदायिक बिध्यालय र ५ वटा सस्थागत बिध्यालय गरि १५ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता २ दिन सम्म चल्नेछ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सम्वन्य समिति सल्यानका प्रमुख केश बहादुर बिस्टले उद्घाटन समारोह लाई सम्बोधन गर्दै खेलकुद र शिक्षाको सम्बन्ध अनोन्याश्रीत रहेको भन्दै आत्म अनुशासन र स्वास्थ्यका लागि खेलकुद आवस्यक रहेको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अथिती जिल्ला समन्वय समितिका उप प्रमुख हरि प्रकाश बुढाथोकिले खेलकुद खाली खेलकुद मात्र नभएर जिवनको एक अङ्ग रहेको भन्दै अनुशासित भएर यस्लाइ अगाडि बढाउनुपर्ने स्पस्ट पार्नुभयो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारिले खेलकुदले मानसिक रुपमा सबल नागरिक उत्पादन गर्न सहयोग पुग्ने भन्दै सबल नागरिकले मात्र रास्ट्र निर्माणमा योगदान दिनसक्ने स्पस्ट पार्नुभयो । पहिलो वर्षको तुलनामा यो वर्ष नगरले प्रतियोगिता लाई परिमार्जित र व्यवस्थित गर्ने प्रयत्न गरेको भन्दै आगामी वर्ष अझ परिस्कृत गरिने उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख साबित्रा बस्नेतले खेल जिवनको महत्वपुर्ण अङ्ग रहेको भन्दै यस्ले विद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धा गर्न सिकाउने धारणा राख्नुभयो।

कार्यक्रममा रास्ट्र सेवक कर्मचारी हरुको तर्फ वाट आफ्नो धारणा राख्दै नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाहिले खेलकुद राट्रिय अभियान रहेको भन्दै यो अभियान लाई सार्थक बनाउनु सवैको दायित्व भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा राजनैतिक दलको तर्फ बाट नेपाली काङ्ग्रेशका सभापती गणेश चन्दले शुभकामना मन्तव्य राख्नु भएकोथियो।शारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारिको अध्यक्षतामा भएको उद्घाटन गर्नुभएको कार्यक्रममा वीर बहादुर सेजवालले अथिती हरुलाइ स्वागत गर्नुभएको थियो ।प्रतियोगितामा एथलेटिक्स, भलिभल, तेकान्दो, कपर्डी लगाएत ५ वटा प्रतियोगितामा प्रतिस्पर्धा हुनेछन् ।

जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिस्ट, उप प्रमुख हरी प्रकाश बुढाथोकी, शारदा नगरपालिका उप प्रमुख शावित्रा बस्नेत, शारदा नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार, शिक्षक, विद्यार्थी उपस्थित रहेको कार्यक्रमको सहजिकरण नगर शिक्षा सङ्गयोजक लिलाधर बबालले सहजिकरण गर्नुभएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website