शारदा नगरपालिकाद्घारा विपन्न परिवारलाई आर्थिक सहयोग
शारदा नगर पालिकाले अल्पायुमै निधन भएका शारदा नगर पालिका वडा नम्बर २ निवासी निम बहादुर भण्डारिका परिवार लाई १० हजार रुपैया कृया खर्च उपलव्ध गराएको छ।जन्मजात मुटुको समस्या रहेका भण्डारिको केहि दिन अघि अल्पायुमै निधन भएको थियो।
गरिबिको चपेटामा पिल्सिएका भण्डारिको एक श्रीमती र नवजात छोरी छिन भने उनका पिताको ३ वर्ष अघि मृत्यु भैसकेको छ।
शारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारिको रोहवरमा भण्डारिका छिमेकि एवम काङ्ग्रेश जिल्ला सभापती गणेश चन्दले सो रकम उनकी श्रीमती लाई हस्तान्तरण गर्नुभएको हो।
रकम हस्तान्तरण पछि भण्डारिको परिवार लाई सान्त्वना दिदै नगर प्रमुख अधिकारिले कालको गति कसैलाइ जानकारी नहुने र ढिलो चाडो सवै जानुपर्ने भन्दै सम्भव भएसम्म भण्डारिको परिवार लाई सहयोग गर्न आफू तयार रहने स्पस्ट पार्नुभयो।