शिवजन क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न । शिक्षा क्षेत्रमा जोड दिनुपर्ने अतिथिहरुको भनाइ
सल्यान ४, भदौँ ।
पूर्बसामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शिक्षा क्षेत्र शिक्षक र बिद्यार्थी मात्रै उत्पादन गर्ने थलो भएको बताउनुभएको छ । उहाँले जिल्लामा सञ्चालन भएका सबै क्याम्पसहरु एउटै खालको बिषयको पठनपाठनमा केन्द्रित भएकाले शिक्षा क्षेत्रमा सुधार हुन नसक्ने बताउनुभयो । बुधबार शिब जन क्याम्पस सितलपाटी सल्यानको दोस्रो क्याम्पस सभामा बोल्दै उहाँले सबै क्याम्पसहरुले फरक फरक बिषय पठनपाठन गराउनुभन्दा पनि एउटै बिषयमा पठनपाठन गराउने भएकाले यसले शिक्षक र बिद्यार्थी मात्रै उत्पादन हुने बताउनुभयो । सल्यानमा निर्बाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका बस्नेतले ब्यबसायिक र ब्यबहारिक शिक्षामा जोड दिन आबश्यक रहेको बताउनुभयो ।
यस्तै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सरकारी क्षेत्रको मुख ताकेर बस्दा शैक्षिक क्षेत्रमा सुधार आउन नसक्ने बताउनुभयो । उहाँले शिक्षक, बिद्यार्थी र अभिभावकका बीचमा त्रिपक्षिय ढंगबाट अगाडी बढन् सके शिक्षा क्षेत्रमा छोटो समयमा पनि धेरै बिकास गर्न सकिने बताउनुभयो ।
यस्तै कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी शिक्षा क्षेत्रमा आफुले विशेष जोड दिने बताउदै शिव जन क्याम्पसको भौतिक र शैक्षिक सुधारको लागि नगरपालिकाले विशेष बजेट प्राथमिता राखेको बताउनु भयो । जिल्लाकै शैक्षिक केन्द्रको रुपमा रहेको यस क्याम्पसले उच्च शिक्षामा दिएको योगदानको कदर गर्दै अझै गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बल राम राया प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, शारदा नगरपालिका १ का वडाअध्यक्ष नवराज बुढाथोकी, उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउने, क्याम्पस सभा सदस्य सन्तोष राई, क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष प्रेम डाँगी, स्वतन्त्र बिद्यार्थी यूनियन शिब जन क्याम्पसका सभापती हरि प्रकाश वली, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा, बिर बहादुर सेजवाललगाएतले बोल्नु भएको थियो । क्याम्पस संचालन समितिका अध्यक्ष किसान बुढाथोकीको अध्यक्षमा भएको कार्यक्रमको संचालन कमल थापाले गर्नुभएको थियो ।
२०६४ सालमा त्रिभुवन बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले आर्थिक बर्ष २०७५र०७६ मा १ करोड २९ लाख आम्दानी गरेको छ । क्याम्पस प्रमुख सुर्य नारायण शर्माले शिक्षक, बिद्यार्थी र अभिभावकहरुको त्रिपक्षिय छलफल र समन्वय बाट क्याम्पस सञ्चालन भैरहेको बताउनुभयो ।
यसै कार्यक्रमको बन्द सत्रले १४ सदस्यि नयाँ कार्यसमिति चयन गरेको छ जस्को अध्यक्षमा किसान बुढाथोकी, उपाध्यक्ष प्रेम डाँगी र पुस्कर बस्नेत, सदस्यहरुमा केशव बुढाथोकी, जुनकेरी वि क, तिलक कुमार वि क, इन्द्र बहादुर खड्का, जालना भण्डारी, सन्तोष राई, सुरेन्द्र बुढा, रामकृष्ण रेग्मी, प्राण कुमार राई, अप्सरा वली, गुमान सिंङ बस्नेत लगाएतको कार्य समिति चयन गरेको छ ।