नमूना बन्दै शिवजन मावि

  १ बैशाख २०७६, आईतवार १७:२२

खबर टक

सारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले जिल्लाको शैक्षिक हवको रुपमा विकास हुदै गएको शारदा नगरपालिका १ सितलपाटिमा रहेको शिव जन मा.वि. जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा चिनाउन सफल भएकोमा गौरव गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्न विद्यालय प्रशासन र ब्यवस्थापनलाई आग्रह गर्नुभएको छ ।

विद्यालयले बुधबार आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका अधिकारीले विद्यालयको भौतिक पुवौधार निमार्णमा समेत आफुले चासो रहेको भन्दै आगामि बजेटमा विद्यालयको गेट निमार्ण सि.सि. क्यामेरा जडानमा बजेट विनियोजन गर्ने प्रतिवद्घता जनाउनु भएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेश बि.क.को अध्यक्षामा भएको कार्यक्रमा विद्यालयका प्र.अ. हिरालाल नेपालीले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि नगरपालिका बाट भएको सहयोग प्रति धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग अपेक्षा रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नेकपाका प्रतिनिधि रमेश कुमार गौतम, नेपाली काग्रेस सल्यान सचिव प्रकाश भण्डारी वडा नं. १ का अध्यक्ष नवराज बुढाथोकी सारदा नगरपालिका शिक्षा प्रमुख बिर बहादुर सेजवाल दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली अनेरास्ववियु का राजेन्द्र भण्डारी शिक्षक महासंघ का मधुसुधन गिरी अभिभावक नविन सिंह भडेल शिक्षक तुफान सिंङ बुढाथोकी लगाएतले मन्तब्य राख्नुभएको थियो ।

स्थापनको ६० वर्षे इतिहासमा विद्यालयले करिब २२ सय विद्यार्थिलाई शिक्षा प्रदान गर्दै आएको विद्यालयले १०+२ तर्फ ब्यवस्थापन, मानविक, शिक्षा, शिक्षा विज्ञान संकाय, सि.टि.इ.भि.टि बाट ३ वर्षे आइ एस् इ ए जि, १८ महिने कृर्षि जे.टि.ए., १८ महिने भेटनरी जे.टि.ए. मा समेत अध्यापन गराईरहेको छ

  • 5
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website