शोभा गौचन वर्षको उत्कृष्ट महिला खेलाडी, स्यान्टुलाई ‘पिपुल्स च्वाइस अवार्ड’
ब्याडमिन्टकी शोभा गौचन एनएसजेएफ पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्।
उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीससँग मिक्स डबल्सको उपाधि जितेकी थिइन् भने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा दोस्रो स्थान हासिल गरेकी थिइन्।
उनि सङगै विमला श्रेष्ठ, बक्सिङ, ज्ञानु अवाले, आर्चरी, सावित्रा भण्डारी, फुटबल, नविता श्रेष्ठ, टेबलटेनिस मनोनयनमा परेका थिए ।
यस्तै क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्।
कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरिन्।
यसपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतका आधारमा यस विधाको विजेता छनोट भएको थियो।