श्रीकृष्ण जन्माष्टमीको अवसरमा फुटवल खेल
सल्यानको पश्चिम क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीको दिन जनकल्यान युवा कल्वद्धारा फुटवल खेलको आयोजना गरिएको छ । उक्त फुटवल खेलको उद्घाटन बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको छ । खेलमा सुदर पश्चिम,वर्दिया,सुर्खेत र अन्य टाढाटाबाट खेलाडिहरु खेलमा भाग लिएका छन् । १८ वटा टिमले भाग लगेको कल्वका अध्यक्ष सन्देश यरीले वताउँनु भएको छ ।
कार्यक्रमको उद्घाट सत्रका प्रमुख अतिथी नगर प्रमुख पुन,नेकपा सल्यानका जिल्ला सचिव साथै विशिष्ट अतीथी कर्ण वहादुर वुढाथोकि,प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्री,नगर स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेल,नगरका प्रशासन शाकाका वालालराम वास्तोला लगाएतले खेलाडिहरुलाई शुभकामना र हौसाला प्रदान गर्नु भएको छ । आज उद्घाट सत्रको सुरुवाती चरणमा भएको खेलमा आयोजक सल्लीवजारले लक्ष्मी इन्सिच्युट देवस्थलाई २ गोलको अन्तरले सुरुवाती चरणको खेल जितेको छ ।