सरकारका दुई बर्ष फर्केर हेर्दा : ओली असफल भए त ?

  २ फाल्गुन २०७६, शुक्रबार २१:२८

खबरटक

काठमाडौँ — दुई वर्षअघि प्रचण्ड बहुमतसहित दोस्रो कार्यकाल सम्हाल्न सिंहदरबार पस्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनकै पार्टी नेकपा, तत्कालीन वामगठबन्धनलाई मत दिएका मतदाता र आमजनतामा आशा जागेको थियो ।

पाँच वर्षका लागि गरिएको भरोसाको दियो अझै निभेको त छैन तर यसको उज्यालो कम हुँदै गएको तिनै मतदाताको गुनासो छ। सुशासन, आर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमान यो सरकारका नारा हुन्। यिनै आफ्नो सरकारको रोडम्याप भएको ओलीका अभिव्यक्तिमा झल्किन्छ।

भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज तुल्याउने ‘समृद्ध नेपाल, सुखी नेपाली’ ओलीको बोलीमा छ। तर, यतिसमूहसँगको सम्बन्ध होस् वा बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेतालाई जोगाउन चालिएका कदम किन नहोस्, प्रधानमन्त्री ओलीको बोली र व्यवहारमा तालमेल देखिन्न।

देश र जनताको हित, आशा, आकांक्षा र आवश्यकताअनुरुप सरकार सञ्चालन गरेर देशलाई नयाँ दिशा दिन चाहेको बताउँछन् प्रधानमन्त्री ओली। तर, उनलाई आफ्नै पार्टीको पूरा सहयोग छैन। काम गरेनन् भनेर बेलाबेला आफैं मन्त्री हेरफेर गर्छन् तर यसमा पनि कामको भन्दाको गुटको गन्ध धेरै देखिन्छ।

लाखौंको संख्यामा पलायन भइरहेको जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराई उपयोग र परिचालन गर्ने सरकारको नीति छ। तर, प्रधानमन्त्री ओलीसँग यसको कार्यान्वयको ठोस नीति छैन।

प्रधानमन्त्रीको निशानामा विपक्षीमात्रै होइन, आफ्नै पार्टीका नेता पर्छन्। मीडियामात्रै होइन, बुद्धिजिबी पनि जोडिन्छन्। यद्यपि पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा आउन्जेल प्रधानमन्त्री ओलीले आफू आलोचना सुन्न तयार रहेको बताएका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website