सरकारको दुई बर्ष संघीयता कार्यान्वयनमा उदासिनता –कोईराला

  ४ फाल्गुन २०७६, आईतवार २१:५८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रमुख राजनीतिक दलहरुको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताउनुभएको छ ।

वर्तमान सरकारको २ वर्ष संघीयता कार्यान्वयनमा उदासिनता विषयक अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको हो । नेपाली कांग्रस, तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी संघीयताको पक्षमा नभएपनि मधेश आन्दोलन र संविधान बनाउँदा राज्य पुनसंरचना गर्ने भन्ने विषय उल्लेख भएका कारण संघीयलता लागु भएको उहाँले बताउनुभयो । संघीयतालाई राजनीतिक दल र सरकारमा रहेको दलले सफल पार्ने उल्लेख गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षमा रहेको पनि उत्तिकै भूमिका हुने बताउनुभयो ।

नेपाली कांग्रेसले सरकार सञ्चालनमा अनुकुल परिस्थिति हुँदाहुँदैपनि सरकारले जनअपेक्षा अनुरुपको एउटापनि काम गर्न नसकेको दाबी गरेको छ ।
शनिबार संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको सरकारका दुई वर्षका कामको विवरणहरुमा कुनै सत्यता नभएको र जनअपेक्षा अनुरुपको काम पनि नभएको आरोप कांग्रेसले लगाएको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार सहज समयको सदुपयोग गर्न नसकी पूर्ण रुपमा असफल बन्दै गएको कांग्रेसको मूल्याङ्कन रहेको बताउनुभयो । उहाँले सरकारको अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकुल समयमा पनि आफैले प्रतिकुल बनाउँदै गएको दाबी गर्नुभयो । उहाँले भ्रस्टाचार बढ्दै गएको, भ्रष्टाचारमा आफ्ना मान्छे जोगाउने खेलमा लागेकोले सरकार आफैमा भ्रष्ट भन्दै गएको प्रस्ट भइसकेको बताउनुभयो । उहाँले म्ुलुकमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको, मंहगी झनै बढेको तथा बेरोजगारको संख्या बढ्दै गएको तर्फ सरकारले ध्यान दिन नसकेको बताउनुभयो ।

सत्तारुढ दल नेकपाका नेता देव गुरुङले संविधान संशोधन नहुँदासम्म संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । अहिलेको संविधान नै त्रृटीपूर्ण रहेको उल्लेख गर्दै गुरुङले संविधानलाई ‘सम्झौताको डकुमेन्ट हो’ भन्नुभयो । वित्तिय व्यवस्थापन र कर्मचारी समायोजन लगायतका केही कुराहरु संघीयताअनुसार भएपनि उपयुक्त समयमा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएन भने संघीयता कार्यान्वयनमा समस्या हुने उहाँले बताउनुभयो ।

सरकारले दुई वर्षे कार्यकाल समाप्त गरेसँगै सरकारका काम कारवाहीलाई लिएर चौतर्फी आलोचना बढिरहको छ । नेकपा भित्रकै नेताहरुका असन्तुष्टिहरु सार्वजनिक कार्यक्रममा आउन थालेका छन् । यद्यपी सरकारको ध्यान विकास निर्माणमा केन्द्रीत भएका कारण संघीयता कार्यान्वयनमा केही समस्या देखिएको नेताहरुले बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website