सल्यानका खेलाडीको निःशुल्क स्वास्थ्य जाँच

  ७ भाद्र २०७६, शनिबार १८:१८

भाद्र ७, सल्यान ।
सल्यानमा २२ जना खेलाडीहरूको निशुल्क रुपमा स्वास्थ्य जाँच गरिएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यान र कान्तिपुर सामुदायीक अस्पताल श्रीनगर सल्यानको सँयुक्त आयोजनामा जिल्लाका ब्याटमिन्टन खेलाडी तथा अन्य खेल खेल्ने सम्पुर्ण खेलाडीको निस् शुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।


शनिवार डा. आजाज श्रेष्ठले खेलाडिहरूको प्रेसर, सुगर, युरिकीएसिड, कलेजोको सम्पुर्ण जाचँ, मृर्गौला, रगत परिक्षण, तौल लगायतको स्वास्थ्य जाँच गरिएको व्याडमेन्टिन संघ सल्यानका अध्यक्ष रामकृष्ण रेग्मीले जानकारी दिनुभयो ।

स्वास्थ्य परिक्षण कार्यक्रममा ब्याडमिन्टन संघ सल्यानका अध्यक्ष रामकृष्ण रेग्मी, सल्लाहकारहरु भरत बस्नेत, हरी न्यौपाने, पुस्कर बस्नेत लगाएतको उपस्थित रहेको कार्यक्रमाको संचालन हिमाल यात्रीले गर्नुभएको थियो । श्रीनगर टाउनप्लानिङमा रहेको व्याटमिन्टन कोडमा स्वास्थ्य परिक्षण गरिएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website