सल्यानका ३५ प्रतिशत घरधुरीमा मात्रै बिद्युक्तिकरण

  ३ भाद्र २०७६, मंगलवार ११:४६

सल्यानका अधिकांश नागरिकहरु बिद्युक्तको पहुँच बाहिर रहेका छन् । नेपाल लोडसेडिङ मुक्त घोषणा भैसकेको छ, भने नेपालमा उत्पादन भएको बिद्युक्त बढी भएर भारतसगै तेस्रो मुलुकमा निर्यात गर्ने सरकारले तयारी गरिरहेको छ । तर सल्यानका अधिकांश नागरिकहरु भने बिद्युक्तको पहुँच बाहिर रहेका हुन् ।

अहिले जिल्लाका ६० देखी ६५ प्रतिशत नागरिक अझै बिद्युक्तको पहुँच बाहिर रहेका छन् ।
उनीहरुले बर्षौ देखी सौर्य ऊर्जा, टुकी तथा झर्को प्रयोग गर्दै आएका छन् । जसका कारण घर उज्यालो बनाउन, बिभिन्न उद्योग ब्यबसाय सञ्चालन गर्न समस्या भएको छ । नेपाल बिद्युक्त प्राधिकरण सल्यान बितरण केन्द्रका अनुसार जिल्लामा १० हजार ५ सय २५ बिद्युक्त ग्राहक छन् ।

केन्द्र प्रमुख अर्जुन पोख्रेलले अहिले सम्म जिल्लाका करिब ३५ देखी ४० प्रतिशत घरधुरी मात्रै बिद्युक्तको पहुँचमा रहेको बताउनुभयो । उहाँले अबको तीन बर्षमा सबै सल्यानी बिद्युक्तको पहुँचमा पुग्ने बताउनुभयो । ‘बिद्युक्तको क्षेत्रमा हाल भित्रिएको जसरी रकम तीन बर्ष सम्म लगातार भित्रिएमा सल्यानका सबै क्षेत्रहरुमा ३ बर्षमा बिद्युक्तिकरण सम्पन्न हुन्छ’ उहाँले भन्नुभयो—‘गत बर्षको १४ करोड ८० लाख रुपैँया बजेटले बिद्युक्तिकरणको काम भैरहेको छ ।’ अहिले जारी रहेको काम सम्पन्न भएमा नयाँ करिब ५ हजार घरधुरीमा बिद्युक्तिकरण सम्पन्न हुने उहाको भनाई छ ।

सल्यान प्रदेशसभा ख बाट निर्बाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अब जिल्लामा ७० करोड रुपैँया भित्रिएमा सबै बस्तीमा बिद्युक्त पुग्ने बताउनुभयो । गत बर्ष र यस बर्ष गरेर केन्द्रको १८ करोड, प्रदेशको ७ करोड र स्थानिय तहहरुको ७ करोड रुपैँयाबाट अहिले बिद्युक्त बिस्तारको काम भैरहेको उहाँको भनाई छ ।

बिगतका बर्षहरुमा जिल्लामा पूर्बाधार बिकासको लागी अत्यन्तै कम बजेट आउने गरेकाले जिल्लामा बिद्युक्त बिस्तार सुस्त गतिमा भएको उहाँले बताउनुभयो ।
उहाले देश संघियतामा गएसँगै जिल्लामा बजेट अत्यधिक मात्रामा भित्रिएको बताउनुभयो । स्थानिय, प्रदेश र केन्द्र सरकारको अहिलेको बजेट बिद्युक्त बिस्तारको क्षेत्रमा केन्द्रित भएकाले अबको २÷३ बर्षमा जिल्लाबासी सबै बिद्युक्तको पहुँचमा पुग्ने उहाको भनाई छ ।

 महशुल नतिर्ने ३० ग्राहक कालो सुचीमा

सल्यानमा बिद्युक्त महशुल नतिर्ने ३० जना ग्राहक कालोसुचीमा परेका छन् । बिगत लामो समय देखी बिद्युक्तको महशुल नतिर्ने ३० जना ग्राहक बिद्युक्त कार्यालयको कालो सुचीमा परेका हुन् । कालो सुचिमा परेका ग्राहकबाट २ लाख १९ हजार ९ सय ३९ रुपैँया बख्यौँता उठान बाँकी रहेको नेपाल बिद्युक्त प्राधिकरण सल्यान बितरण केन्द्रले जनाएको छ ।

कालो सुचीमा पर्नेहरुमा सबैभन्दा बढी औद्योगिक ग्राहकहरु रहेको प्राधिकरणका केन्द्र प्रमुख पोखरेलले बताउनुभयो । आर्थिक बर्ष २०७५र०७६ मा जिल्लामा बिद्युक्त महशुल बाफतको १० लाख २९ हजार बिद्युक्त महशुल रकम उठाउन बाँकी रहेको छ ।

एक बर्षको अबधिमा बिद्युक्त महसुल बाफतको ३ करोड ६२ लाख रुपैँया रकम संकलन भएको छ । प्राधिकरणले जिल्लामा बिद्युक्त चुहावट घट्दैँ गएको जनाएको छ । प्रमुख घिमिरेका अनुसार जिल्लामा आर्थिक बर्ष २०७४र०७५ मा १९ प्रतिशत बिद्युक्त चुहावट रहेको थियो भने आर्थिक बर्ष २०७५र०७६ मा घटेर १७ प्रतिशतमा आएको छ । जिल्लाको सितलपाटीमा बिद्युक्त सबस्टेशन सञ्चालनमा आएपछि प्राबिधिक रुपमा देखिएको बिद्युक्त चुहावट पनि कम हुदैँ आएको उनको भनाई छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website