सल्यानमा अन्तर माध्यामीक विद्यालय क्रिकेट प्रतियोगीता हुने ।

  ५ भाद्र २०७६, बिहीबार १७:२८

सल्यान जिल्लामा अन्तर माध्यामिक विद्यालय क्रिकेट प्रतियोगीता संचालन हुने भएको छ । एम एम एकेडेमी सल्यानले जिल्लामा भदौ १३ गते देखी १५ गते सम्म उक्त प्रतियोगिता संचालन गर्न लागेको हो ।

बिहिबार पत्रकार सम्मेलनमा बोल्दै एम एम एकेडेमीका अध्यक्ष महेश देवकोटाले जिल्लामा अन्तर माध्यामिक क्रिक्रेट प्रतियोगिता पहिलो पटक आयोजना गरेको र विद्यार्थीको खेल प्रतिको आर्कषन र प्रतिभा देखाउने थलोको रुपमा प्रतियोगीता आयोजनका गरिएको जानकारी दिनुभयो । विद्यालयका प्रिन्सिपल पुर्ण बहादुर बस्नेतले यस्तो खालको प्रतियोगीता सल्यानमा नौलो भएको र यस्ता खाले प्रतियोगीतालाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

नगत १५ हजार, ट्रफि, मेडल, प्रमाण पत्र विजता पुरस्कार रहेको प्रतियोगीतामा उपविजेता हुने टिमले रु १० हजार नगत, ट्रफि, मेडल, प्रमाण

पत्र प्राप्त गर्ने र विजता पुरस्कारको ब्यवस्था सल्यानमा जन्मिएर हाल अष्ट्रेलियामा रहेने वृजेश विक्रम शाहले र उपविजेता पुरस्कारको ब्यवस्था बिकास बुढाथोकीले गर्नुभएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

जिल्ला क्रिक्रेट संघ सल्यानले सहजिकरण गर्ने उक्त प्रतियोगीमा टिम दर्ता शुल्क ३ हजार ५ सय रुपैया रहेको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website