सल्यानमा अल्लो प्रसोधन तालिम संचालनमा
सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा अल्लो प्रसोधन सम्बन्धि १५ दिने तालिम चलिरहेको छ । लघु घरेलु तथा साना विकास कोषको सहयोग र उद्यमीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघ शाखा सल्यानको आयोजनामा १२ जना प्रशिक्षार्थिले तालिम लिइरहेका छन् ।
जंगल बाट त्यसै खेर गइरहेको अल्लो लाई प्रसोधन गरि स्थानिय स्तरमा आर्य आर्जनको माध्यम बन्न सक्नुका साथै यस्को ब्यवासायी खेती बाट स्थानिय स्तरमा रोजगारी सृजना गर्न सकिनेछ । अल्लोको कपडाको माग बढे सगै नेपालका विभिन्न जिल्लाहरुमा ब्यवसायीक रुपमा अल्लोका कपडा उत्पादन विक्री वितरण भए सगै यस्को सल्यानमा पनि संम्भावना रहेकाले तालिमको आयोजना गरिएको हो ।
सल्यानका निगालचुला, कुमाख, दमाचौर, फलावाङ लगाएतका ठाउँमा अल्लो खेती संभावन रहेको र अल्लोबाट ब्यवासायीक रुपमा ब्यवसाय गर्न सकिने भएकाले यस तालिमको आयोजना गरिएको शाखा सल्यानका अध्यक्ष बिरेन्द्र प्रकाश भण्डारीले जानकारी दिनुभयो । अल्लो बाट कोट, जुहारी कोट, टोपी, गलबन्धी, पर्स, बेल्ड लगाएतका सामाग्री निमार्ण गर्न सकिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।