सल्यानमा “गजल मेहफिल” हुने
सल्यान- बैशाख ३०,
सल्यानमा यहि जेष्ठ २६ गते सल्यान गजल मेहफिल हुने भएको छ ।
सल्यान कला साहित्य परिषद्को आयोजनामा “सल्यान कला साहित्यको उत्थान, साहित्यलाई जोगाउने हाम्रो अभियान” भन्ने मुलनाराका साथ गजल मेहफिलको आयोजना गरिएको हो ।
नेपाली गजल साहित्यमा योगदान पुर्याएर बिभिन्न गतिविधिमा संलग्न हुदै आएका तथा साहित्यमा आउन चाहाने नवसर्जकहरुका विचमा कार्यक्रम सम्पन्न हुने छ ।
नेपाली साहित्यको गजल विधालाई संरक्षण गर्ने र गजलकारहरुको हौसला बढाउने उदेश्यले गजल मेहफिलको आयोजना गरिएको आयोजक समितीका सदस्य एक्सन आर्सीले जानकारी दिए ।
सल्यानको सुन्दर नगरी श्रीनगर स्थित शिवजन क्याम्पसमा हुन गईरहेको कार्यक्रममा आयोजकले उपस्थितिका लागी सबैलाई अनुरोध समेत गरेको छ ।
यो बिषयमा आधारित गजल मेहफिल हुने भनेर कुनै बिषय बस्तु दिईएको भए । अझै उत्प्रेरनादाई हुने थियो।