सल्यानमा घरमै रोकिराखेको कार संगै मोटरसाईकल चोरी
सल्यानमा एक ठाउँबाट गाडि चोरी गरेर ठोक्काउदै अर्को ठाउबाट मोटरसाइकल चोरी भएको खुलेको छ । सल्यान शारदा नगरपालिका १ श्रीनगर स्थित एस बि ईलेक्ट्रोनिक्स सेन्टरको घरमै पार्किङ गरि राखेको कार चोरेर लिनेले छत्रेस्वरीको शंखमुलबाट घरमै राखेको मोटरसाइकल चोरेर लगेको खुलेको हो ।
एकै रातमा श्रीनगरबाट रा १ च ९६१ नम्बरको कार चोरी गर्नेले रा ५ प १९५२ नम्बरको मोटरसाइकल पनि चोरी गरेको छ । श्रीनगरका व्यापारी सुरेन्द्र बुढाको कारको लक तोडी शंखमुल पुरयाई बिपरित दिशाबाट आएको विवरण नखुलेको गाडी संग ठोकिदा कार बाटोमै छोडेर सोही स्थानबाट सन्तोष रेग्मीको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल चोरेको खुलेको हो ।
गाडि अर्को स्थानमा लिएर गाडीमा ठोक्काउने र सोही स्थानबाट मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएको मोटरसाइल चोर्ने र गाडी श्रीनगरबाट शंखमुल लिएर जाने व्यक्ती तथा समूह उहि या फरक हो भन्ने विषयमा अनुसन्धान भैरहेको र मोटरसाइकल तथा चोरी गर्ने व्यक्तीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।