सल्यानमा टिप्पर दुर्घटना, १ को मृत्यु ३ घाइते
सल्यानमा सडक कालोपत्रे गर्न रोकिराखेको टिपर चल्दा १ महिलाको मृत्युु भएको छ भने ३ जना घाइते भएका छन् । शारदा नगरपालिकाको कार्यालय नजिकै खलंगा–सुर्खेत सडकको कालोपत्रेको लागि बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नम्बरको टिपर आज दुर्घटना हुँदा शानपा ८ मार्केकी ४५ वर्षिया रामकली विकको घटनास्थलमै मृत्यु भएको हो ।
घाईते हुनेमा उक्त सडकको काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु, र शेषनाथ कुमाल रहेको प्रहरीले जनाएको छ । उनिहरुको जिल्ला अस्पताल सल्यानमा उपचार हुँदैछ ।













