सल्यानमा प्रादेशिक महोत्सव शुरु
सल्यान २९, माघ ।
सल्यानमा प्रादेशिक महोत्सव शुरु भएको छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आयोजनामा प्रादेशिक महोत्सव बुधबार देखी शुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले परम्परागत तरिकाले बिकास नहुने बताउनुभएको छ । पुरानै तरिकाले बिकास गर्दा बिकास निर्माणका कामहरु सुस्त गतिमा हुने भएका कारण परम्परागत तरिकाले बिकास गर्न नसकिने उहाँको जोड थियो ।
मुख्यमन्त्री शाहीले बिकास गर्दा पहिले अध्ययन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आबश्यकताका आधारमा मात्रै काम थालनी गर्नुपर्ने बताउनुभयो । जिल्लाको आबश्यकताका आधारमा मात्रै बजेट माग गर्नुपर्नेमा उहाँको जोड थियो । अहिले जनतालाई खुसी पार्नका लागी मात्रै योजना सञ्चालन गरिने गरेको बताउदैँ उहाँले पछिल्लो समय जनताले योजना नभई काम र सुबिधा माग गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुर्वसामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले जिल्लामा सडक पुर्बाधारलाई प्राथामिकता दिएर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान सम्भावना नै सम्भावना भएको जिल्ला भएको बताउनुभयो ।
उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेको अध्यक्षतामा भएको कायएक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र राज ढकाल, उद्योग बाणिज्य महासंघका मेला संयोजक दिल सुन्दर श्रेष्ठ, जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसी लगाएतकाले बोल्नुभएको थियो । बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिब भरत कुमार बस्नेतले गर्नुभएको थियो ।
स्थानिय उत्पादनको प्रर्बद्धन र बजारीकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।