सल्यानमा बस दुर्घटना हुदा ४३ जना घाईते -विवरण सहित​

  ६ जेष्ठ २०७५, आईतवार २२:१७

इन्द्रबहादुर बुढाथोकी

सल्यान ६ जेठ,

इन्द्रबहादुर बुढाथोकी

सल्यान सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

सल्लीबजारका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुलाई नेपालगन्जमा उपचार भइरहेको छ ।

दुर्घटनाबाट घाइते हुनेमा भगवती सिह जाजरकोट वर्ष ३०, तुल्सि बि क नेपालगन्ज वर्ष ३०, सेती परियार नेपालगन्ज वर्ष ३०, खिम ब सुनार सल्यान वर्ष ३२, ललित खत्री सुर्खेत वर्ष २०, खुम ब बिक सुर्खेत वर्ष १९, दुर्गा ब राना सल्यान सागिनेका वर्ष ३०, अमृता थापा सल्यान कुमाख ३ वर्ष २०, खिमलाल बि क सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २५, अनिता चन्द चौरजहारी वर्ष ३०, कलि बस्नेत सल्यान कुमाख गापा ३ वर्ष ७५, कमला बस्नेत सल्यान कुमाख गापा ३ वर्ष १५, शारदा बि क बर्दिया वर्ष २२, लक्ष्मी बिक बर्दिया वर्ष ४०, दिलिप बिक बर्दिया वर्ष१९, सुपृया बि क बर्दिया ७ महिना, टेक ब बुढा सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २२, रुद्र चन्द रुकुम वर्ष ३४, मिना शर्मा कोहलपुर वर्ष २१, बिकास बुढा सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २२, एन्जल शर्मा कोहलपुर वर्ष ५, नोखी राना सल्यान बडागाउ वर्ष ४०, अमृत थापा कालागाउ ५ का वर्ष ४०, कविता कुमाख २ वर्ष २१, रुद्र सिह राठौर जाजरकोट वर्ष १६, कोइली बस्नेत सल्यान कुमाख गापा २ वर्ष४०, बाटुली बिक सल्यान कुमाख गापा २ वर्ष १७, गगन राना सल्यान कुमाखा गापा ३ वर्ष ५२, डम्बर बिक सल्यान कुमाख गापा ३ वर्ष १० , नवीन बुढाथोकी सल्यान कुमाख गापा २ वर्ष २०, केशवी बुढाथोकी कुमाख वर्ष १, लुगि रावत सल्यान कुमाख गापा २ वर्ष १०, जेनिस रावत वर्ष ११, भिम ब रोका सल्यान चादे ३ वर्ष २८, रितेश चलाउने सल्यान कुमाख २ वर्ष, दिपा थापा नेपालगन्ज वर्ष २१, लिलारज बुढाथोकी सल्यान कुमाख वर्ष ३५, जिते बुढा सल्यान कुमाख ३ वर्ष ३५, नवीन बुढाथोकी सल्यान कुमाख ३ वर्ष १७, सुर्य बुढाथोकी सल्यान कुमाख-३ वर्ष ५७ र गाडी चालक कोहलपुरका मोहन बिक र सह-चालक​ प्रेम खत्री घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

  • 6
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website