सल्यानमा रक्सी खाएर लडेर एक महिलाको मृत्यू
सल्यानमा एक महिलाको लडेर मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नं. ४ कोदालचौरकी अन्दाजि वर्ष ४६ की मनी घर्तीको देवली बोट खोलामा लडेको अवस्थामा शव फेला परेको होे । बिहान १० बजे घर बाट हिडेकी उनी दिउसो ३ बजे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथ बाट रक्सीको बोतल र कखुरा फेला परेकोले रक्सी खाएर बाटो बाट लडेर मृत्यु भएको हुन सक्ने बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।