स्थानीय जनप्रतिनिधीहरुलाई सञ्चार तथा सुचना प्रवधि र स्थानिय सरकार संचालन सम्बन्धि तालिम सुरु
स्थानीय जनप्रतिनिधीहरुलाई सञ्चार तथा सुचना प्रवधि, स्थानिय सरकार संचालन सम्बन्धि तालिम सुरु भएको छ । स्थानीय जनप्रतिनिधीहरुलाई सञ्चार तथा सुचना प्रविधि र स्थानिय सरकार संचालनमा सहयोग पुर्याउने उदेश्यका साथ २ दिने तालिम खलंगामा सुचारु भएको हो ।
शारदा नगरपालिकाका १५ वटै वडाका स्थानिय जनप्रतिनिधीहरुलाई सञ्चार तथा सुचना प्रवधि र स्थानिय सरकार संचालन गर्नको स्थानिय जन प्रतिनिधिहरु सहयोग पुगोस् भन्ने उदेश्यका साथ तालिमको आयोजना गरेको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो जन प्रतनिधिहरु सञ्चार तथा सुचना प्रविधि र स्थानिय सरकार संचालनका लागि पहुचमा नहुनु भनेको दुर्खे कुरा हो हरेक ब्यक्तिले सुचना पाउनु उसको अधिकार पनि हो । स्थानीय जनप्रतिनिधिहरुले स्थानिय सरकार संचालनका लागि आफु के कस्ता कुरामा जानकार रहनुपर्छ र आगामी दिनमा सुचना तथा सञ्चार प्रविधिमामा हाम्रो भुमिका कस्तो हुन्छ भन्नको लागि जनप्रतिनिधिहरु जानकार हुने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको शारदा नगरपालिकाकी उप प्रमुख साबित्रा बस्नेतले जानकारी दिनुभएको छ ।
शारदा नागरपलिकाको सहयोग र युवसीर्जनशील मञ्च सल्यानको आयोजनामा भएको कार्यक्रमा शारदा नगरपालीकाका प्रमुख सुरेश अधिकारी, उप प्रमुख साबित्र बस्नेत, युवा शिर्जनसील मञ्चका अध्यक्ष राजेश कुमार शर्मा, बरीष्ठ प्रशीक्षकहरु सनत आचार्य, वेद प्रसाद सापकोटा उपस्थीति रहेको थिया भने उत्त कार्यक्रको संचालन सीत गिरीले गर्नु भएको थियो ।