सल्यान उद्योग बाणिज्य संघको नवौ साधारण सभा सम्पन्न

  २३ माघ २०७६, बिहीबार १२:२७

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले उद्योग स्थापनाका लागि सरकारले लगानीको वातावरण सृजना गर्नुपर्ने बताउनु भएको छ । सरकारले लगानीको बाताबरण गराउनु भन्दा विभिन्न तहमा कर संकलनमात्रै गरिरहेको भन्दै उहाले प्रदेशमा आफ्नै उद्योग धन्दा र कलकारखाना स्थापना गर्नको लागी सरकारले पहल गर्नुपर्ने बताउनु भएको हो ।


सल्यान उद्योग बाणिज्य संघको नवौ साधारण सभा तथा रजत जयन्तीको अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका शाहीले नेपालमा लगानी गर्ने थुप्रै क्षेत्रहरु भएपनि सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्न नसकेको आरोप बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्यव समितीका प्रमुख केश बहादुर बिष्टले नागरीकको लगानी सुनिश्चित हुने गरी बस्तुको उपभोग हुन सके मात्रै कृषकले प्रतिफल लिन सक्ने बताउनु भयो । जिल्लामै उद्योग स्थापना गरेर उत्पादीत बस्तुलाई खपत गर्न सके आम्दानीको स्रोत बन्न सक्ने बताउनु भएको हो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै विशिष्ट अतिथी शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले व्यवसायीलाइ कर हैन यसको दायर बढाउनुपर्ने धारणा राख्नुभयो । उहाले शारदा नगरमा कत्तिपनि कर नबढेको भन्दै बरू दायरा बढाउन तिर सबैले ध्यान दिन अनुरोध गर्नुभयो । उहाले श्रीनगर बजारमा रहेको बसपार्कलाइ अधुनिक र व्यवस्थीत बनाउनेगरी सहयोग गर्न सबैमा अनुरोध गरेका छन ।
कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीर बहादुर चलाउनेले स्थानीय तह र निजि क्षेत्रको समन्वय सहकार्य नहुँदा कृषकहरु व्यवसायी बन्न नसकेको बताउनु भयो ।
कार्यक्रममा पुर्ब अध्यक्ष टोपेन्द्र कुमार शर्मा, सस्थापक अध्यक्ष भोलानाथ खडका, गैर सरकारी महाँसंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाही, नेपाल पत्रकार महाँसंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
उद्योग वाणिज्य संघ सल्यानका महासचिव भरत बस्नेतले संचालन गरेको कार्यक्रममा १४ जना आजिवन सदस्यलाइ सम्मानित गरिएको थियो । रजत जयन्तीको अबसरमा उद्योग वाणिज्य संघले सोमबार जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको थियो भने मंगलबार जिल्लाभरीका सबै बजारहरुमा सरसफाई गरिएको थियो । यस्तै माघ २९ गते बाट फागुन ११सम्म महोत्सवको समेत आयोजना गरिएको महासंघले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website