सल्यान खलंगाको गाइजात्राको फोटो फिचर
गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । सल्यानमा गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भएर भोली पल्ट अर्थात २ दिन गाईजात्रा निकाल्ने गरीन्छ ।
गाईजात्राको दिन विधिवधरुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ ।
गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भएपनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।