सल्यान जिल्ला शिक्षा इकाई प्रमुख २५ हजार घुस सहित प्रकाउ ।

  १० असार २०७६, मंगलवार १६:१४

शिक्षा बिकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख धन बहादुर ओली घुस रकम सहित पक्राउ परेका छन । मगंलबार कार्यालयमा नै २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित उनी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई घुस रकम लिदैँ गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

शिक्षक सरुवाको सहजीकरण गरे बाफत भन्दै एक शिक्षकसंग घुस रकम लिदै गर्दा अख्तियारको टोलिले उनलाई पक्राउ गरेको हो ।ओलीको मुद्धाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्धा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । उनले आवश्यक प्रकृया पूरा गरेपछि मुद्धा प्रकृया अघि बढाइने बताए ।

ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website