सल्यान पश्चिम क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते र स्काई फोनमा नेटवर्क नहुदा स्थानीय उपभोक्त मारमा परेका छन् ।प्राइभेट कम्पनी एनसेलको सेवा समेत १ महिना देखि अवरुद्घ छ ।
नमस्ते र स्काई फोन नलाग्ने स्थानमा स्थानीय एनसेलको भर पर्ने गरेका थिए ।महगो भए पनि वाध्यतावस उनिहरु एनसेल नै वढि प्रयोग गरिरहेका थिए ।तर उक्त एनसेलको सेवा समेत अवरुद्घ भए पछि सुचारु हुन सकिरहेको छैन ।
दुर सञ्चार प्रदायक कम्पनी र एनसेलाई सेवा सुचारुको विषयमा कुरा गर्दा अटेरि गरेको स्थानियको दुखेसो छ ।नेपाल टेलिकमका सुर्खेत गुमिचुलि,कापरिचौर,सल्यानको
बनगाड कुपिण्डेको तारुपरे,राउचेको लाटुगैरे र एनसेलको सल्लिवजार,वारुले,सुर्खेतको जामुने वजारमा रहेका टावरमा एकैपटक खरावि उत्पन्न हुदा सेवा प्रभावित भएको छ ।सेवा सुचारूका विषयमा स्थानीयले ताकेता गर्दा समेत दुर सञ्चार कम्पनीहरुले अटेरी गरेको जनगुनासो छ ।