सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ६ सहित कर्णालीका २४ जनामा कोरोना पुष्टि

  २६ श्रावण २०७७, सोमबार १८:१८

साउन २६ सल्यान
कर्णाली प्रदेशमा आज थप २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षण बाट वीरेन्द्रनगर सुर्खेत, बनगाडा कुपिन्डे नगरपालीका सल्यान , भैरवी दैलेख र नारायण नगरपालिकाका सहित ६ जना महिला र १८ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संक्रमित हुनेमा सुर्खेतका १, सल्यानका ६, दैलेखमा १७ जना रहेका छन्। योसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ३ पुगेको छ।

निको भएर घर फर्किने संक्रमितको संख्या १ हजार ८ सय ८० पुगेको छ। कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ६ जना निको भएर घर फर्किएका छन् भने १ सय १७ जना उपचाररत छन्।
नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website