सल्यान र रुकुम पश्चिमका ५९ उमाविको कामकाज अझैसम्म ५ नं. प्रदेशबाटै सञ्चालन
दुर्गा वि.सी./भाद्र,३
सल्यान र रुकुम पश्चिमका सामुदायीक विद्यालयको कामकाज अहिले पनि राष्ट्रिय परिक्षा वोर्ड दाङले हेरिरहेको छ । देश अन्य क्षेत्रमा वोर्डले प्रदेश अनुसार कामकाज सञ्चालन गरेता पनि सल्यान र रुकुम पश्चिमका पल्स टु विद्यालयहरु हरेक कामकाजको लागि सुर्खेत नभई दाङ घोराही जानुपर्ने वाध्यता छ ।
करडौ रजिष्टे«शन र परिक्षा राजश्व समेत ५ नं। प्रदेशमा जाने गरेको छ । सल्यान र रुकुम पश्चिमका राजनैतिक नेताहरुको समेत यस तर्फ ध्यान तथा दवाव पुग्न नसकेको विद्यालयहरुले जनाउने गरेका छन् । पाएक पर्नेलाई दाङ नै पारिदिए पनि संघियातको मर्मअनुरुप कुपाएक पर्ने उमाविहरुको कामकाज आफ्नै प्रदेशबाट सञ्चालन गर्ने निर्णय गरिदिए राम्रो हुने कुरा शितल मावि चौहरजारीका प्रधानाध्यापक यदु रानाले वताउँनु भयो । त्यसै गरि प्रभाकर मावि देवस्थलका शिखर कुमार यरीका अनुसार पुरानै ढर्राबाट राष्ट्रिय परिक्षा वोर्ड सञ्चालन भएको दुखेसो पोख्नु भयो ।
देश संघियतामा पुगे पनि अझै राप्ती अञ्चलबाटै कामकाज हुनु भनेको दुखद कुरा हो । हाम्रो दवाव नपुगेर हो कि यात सल्यानका वहुमत विद्यालयहरुको पाएक दाङतिरै परकोले हो । हाम्रा नेतृत्व कर्ताको समेत ध्यान त्यता पुग्न नसकेको यरिको दुखेसो । देशका सवै क्षेत्रमा वोर्डको प्रदेश अनुसार कामकाज सञ्चालन भैरहेको छ भने सल्यान र रुकुम पश्चिमलाका उमाविहरुको वोर्डको कामकाज दाङबाट सञ्चालनले समस्या वनाएको त्रिभुवन जनता माविका प्र।अ। गुमान सिं विष्टको भनाई छ । सल्यानका २५ र रुकुम पश्चिमका ३४ गरि ५९ वटा विद्यालयहरु यो शैक्षिक सत्रमा ५ नं प्रदेशको दाङ घोराही कामकाजका लागि धाईरहेको देखिन्छ ।
राष्ट्रिय परिक्षा वोर्ड दाङले भने अर्को सुचना नआए सम्म उक्त जिल्लाको कामकाज यहि कार्यालयबाट सञ्चालन हुने जनाएको छ । ६ नं। प्रदेशका ५९ वटा उमाविलाई संघियाताले नछोएको अभिभावकको दुखेसो छ । सवै विद्यालयहरुको नभए पनि पाएक पर्ने स्थानका विद्यालयहरुको कामकाज आफ्नै प्रदशेबाट सञ्चालन गरिदिए पनि राम्रै हुने विद्यालयहरुको दुखेसो ।