सल्यान सदरमुकाम सिधै नेपालगञ्जसंग जोडिने, बबई नदिमा पुल निर्माण कार्य थालनी
१५ बैशाखर सल्यान सदरमुकाम, कालीमाटी घुइयाबारी हुदै बाँकेको कोहलपुर, नेपालगञ्ज जोडिनको लागि सल्यानको घुइयाबारी स्थित बबई नदिमा पुल निमार्ण कार्यको थालनि भएको छ ।पुल निर्माण पश्चात जाजरकोट, रुकुम र सुर्खेत बाट नेपालगञ्ज जान निकै सहज हुने छ । वर्षौँ पहिले सल्यान खलंगाबाट नेपालगञ्ज जानका लागी सडकको ट्रयाक खोलिएपनि स्तर उन्नती नहुँदा र बबई नदीमा पुल निर्माण नहुदा समस्या हुदै आएको थियो ।अहिले आएर संघिय सरकारको भौतीक पूर्वाधार मन्त्रालयबाट १९ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेर इलाईट कन्ट्रक्शन काठमाण्डौँ मार्फत मोटरेवल पुल निर्माण थालनी गरिएको छ ।