सल्लीवजारमा थप १ सय केविको ट्रान्सफरमर जडान

  २३ भाद्र २०७६, सोमबार ११:२८

दुर्गा वि.सी.
सल्यानको सल्लीवजारमा १ सय केविको ट्रन्समिटर जडानले लो भोल्टेजको समस्यालाई निराकरण गर्ने जनाएको छ । सल्लीवजारमा लो भोल्टेजका कारण सल्लीवजार वासिले दुख खेपिरहेका थिए । वजारमा उद्योग कलकारखाना लगाएतलाई भोल्टेज अपुग हुदाँ थन्किएर वसेको स्थानीय मनि फर्निचर उद्योगका प्रोपाईटर हिरा सिं वि.क.को भनाई छ । भोल्टे कम हुदाँ आफ्नो उद्योगमा समस्या परेको दुखेसो छ ।
ट्रान्सफरमर जडानसँगै अव यो समस्या समाधान भएको उहाँको भनाई छ । वजारमा लो भोल्टेका कारण उद्योग,कलकारखाना,एसि र अन्य वित्तिय संस्थाहरुलाई परेको असर निराकरण हुने विद्युत प्राधिकरण सल्ली शाखा प्रमुख लोकेन्द्रमान शाक्यको भनाई छ । विगत लामो समय देखि यहाँका स्थानीय व्यापारिले झल्दै आएको समस्या केहि वर्षका लागि टरेको शाक्यको भनाई छ । १० वटा उद्योग अव एकै साथ सञ्चालन गर्न सकिने भएको छ । त्यसै गरि बन्गाड कुपिण्डे नगरपालीकाका प्रमुख गोविन्द कुमार पुन यो समस्याका लागि सुर्खेत र सल्यानलाई निरन्तर दवाव दिईरहनु भएको थियो ।
वत्तीको कारण आफ्नो नगरमा दर्ता भएका उद्योगहरु सञ्चालनमा कठिनाई भए पछि यो समस्याको वारेमा क्षेत्रिय विद्युत प्राधिकरण कार्यालय सुर्खेत र सल्यानलाई नगर प्रमुख पुनको ताकेता पछि वजारमा सय केविको ट्रान्सफरमर जडान गरिएको छ । अव यस्ले वजार वासिलाई परेको असुविधा निराकरण हुने जनाएको छ । गैलीवजारमा रहेको १ सय केवि ट्रान्सफरमरले गैलीवजार र देवस्थलको लागि काम गर्ने र माथिल्लो वजारमा रहेको १ सय केवि ट्रान्सफरमरले वजारको लागि सञ्चालन हुने जनाएको छ । वर्षौ देखि समस्या अहिले आएर समाधान भएको छ । देवस्थलको,घाटगाउँ र माल्पेको लागि ३० केविको समेत ट्रान्सफरमर जडान हुने भएको छ । असौज भित्रै आँपखोलि,माल्पे,ढोरपिल कुण्डिे र सुनौली वजार लगाएतका क्षेत्रमा वत्ती वल्ने नगर प्रमुख पुनको दावि छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website