सल्लीवजार आसपासका क्षेत्रमा अघोषित लोडसेडिङ

  १३ जेष्ठ २०७६, सोमबार १५:४५

दुर्गा वि।सी।
सल्यानको पश्चिम क्षेत्र सल्लीवजार आसपासमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रामघाट सुर्खेतले अघोषत लोडसेडिङ सिर्जना गरेको छ ।

सल्यानको पश्चिम क्षेत्र सल्लीवजार,सुर्खेत सिम्ताको राकम जामुने वजार लगाएतका क्षेत्रमा १ महिना देखि स्थानीयले राम्रोसँग वत्तीको उज्यालो देख्न पाएका छ्रैनन् । विद्युत प्राधिकरण सुर्खेतको जरे शाखा,रामघाट लगाएतका युनिटहरुमा वस्ने कर्मचारिले समेत राम्रोसँग काम नगर्दा यहाँका नागरिक उक्त सेवाबाट वञ्चित हुने गरेका छन् । दैनिक दिन वत्ती नहुदाँ स्थानीय प्रत्यक्ष मारमा परेका छन् । सधै वत्ती विग्रिएको संकेत गर्ने सुर्खेत रामघाट वितरण केन्द्रले सल्ली र जाजरकोट तर्फको लाईन काटेर विरेन्द्रगर तर्फ वत्ती दिने गरेको छ ।

सल्यान पश्चिम,उत्तरि पुर्व सुर्खेत र जाजरकोट लाईन काटेर विरेन्द्रनगर तर्फ वत्ती दिने गरिएको छ । १ महिना यस क्षेत्रका नागरिकले वत्ती वाल्न पाएका छ्रैनन् । सधै सल्ली लाईनको वत्ती होल्डमा रहेको संकेत देखाउने रामघाट वितरण केन्द्रले ढाँट्ने गरेको छ । पावर कम भए पछि सल्ली तर्फको लाईन काटेर प्रदेश राजधानी सुर्खेत तर्फ वत्ती दिने गरेको छ ।

वत्ती नहुँदा वित्तीय ससंस्था,व्यापारि,वैंक,सरकारी कार्यलयहरुको कामकाज दैनिक प्रभावित भएको छ । दैनिक लागि लाईन अवरुद्ध भए पछि स्थानीयहरुले पटक पटक प्राधिकरणका वितरण केन्द्र र युनिटमा गुनासो गर्दा समेत सुनुवाई हुन सकेको छैन् । सल्लीवजार आसपासका क्षेत्रमा अघोषित लोडसेडिङ सिर्जना गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website