सल्ली चौहरजारी सडक खण्डको नाथेखोलामा निर्माणधिन पक्की पुलको काम अलपत्र
दुर्गा वि.सी.
सल्ली चौहरजारी सडक खण्डको बनगाड खोलाको त्रिवेणिवजार नाथेखोलामा निर्माणधिन पक्की पुलको काम अलपत्र परेको छ । वर्षा सुरुवातीसँगै ठेकेदारले विभिन्न वहाना वनाएर काम छाडेको स्थानीयको भनाई छ । २०७४ पौष मसान्तमा पुलको काम सम्पन्न भैसक्नु पर्ने हो । ४ करोड १७ लाखमा हरिहरि कन्ट्रष्क्सनका हरिवहादुर रावत र सडक डिभिजन विच पौष मसान्तमा काम सक्ने सम्भौता रहेको थियो । तर म्याद २ पटक थप्दा समेत कामले तिव्रता लिन नसकेको स्थानीय दल वहादुर परियारले वताए । सडक डिभिजन कार्यलय दाङ्गले समेत कामलाई ताकेता नगर्दा हरिहरि कन्ट्रष्क्सनका हरिवहादुर रावतले कामलाई खासै प्राथामिकतामा नपारेको देखिन्छ । डिभिजन कार्यालयले ताकेता गरेको भने पनि काम अलपत्र पारिएको छ । समयमा पुल नवन्दा बन्गाड खोलामा वर्षातमा गाडिहरु चल्न निक्कै समस्या हुने गरेको छ । पुलको अझै ३० प्रतिशत काम सम्पन्न हुन वाँकी छ । ठेकेदारले सामग्री उपलव्ध नगरादा र ठेकदारले वास्था नगर्दा ज्यामीहरुले काम गर्न छाडेका छन् । यो वर्षमा समेत पुलको काम सम्पन्न हुने छाँटकाँट नदेखिएको अर्का स्थानीय तिलाराम वुढाले वताए । वुढाका अनुसार निर्माण कम्पनीले काम समयमा नगर्दा वजारमा समेत आवत जावतमा असर पारेको जनाए ।
गत वर्ष बन्गाड खोलाले धन्न धन्न वगाई सकेको पुल ठेकेदारको काम प्रति ढिलाईले यो वर्षातमा पनि सल्ली रुकुम चौहरजारि सडक वन्द हुने भएको छ । पक्की पुलको काम ढिलाईसँगै उक्त खण्डको आमखोली देखि नाथेखोला सम्मको ५ किमी पिचको काम समेत कचुवाको गतिमा रहेको छ । २ वर्ष विती सक्दा समेत सडकको डवल कटिङ्ग,नाली,जाली र होम पाईपको काम ५० प्रतिशत मात्रै भएको छ । आमखोली देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ श्रावाणमा सम्झौता भएको थियो । तर गाल्वा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की वुझिर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका छन् । काम हेर्ने सडक डिभिजन कार्याल चौहरजारिलेले भने कामको ताकेता प्रति चासो नदिएको देखिन्छ ।
सडक डिभिजन कार्यालय रुकुम चौहरजारीले काम प्रति ताकेता नगरेको पाईन्छ । यो वर्षको उक्त ५ किमी बाटोको स्तरवृद्धिको काम समेत सुस्त गतिमा भैरहेको छ । चौहरजारी सडक खण्डकै २०७०।०७१ ठेक्काको ५ वर्ष अघिको हिमडुङ्ग ठोकर काठमाण्डौको फर्मको काम समेत अलपत्र छ । हाल उक्त काम पुरा नभएको डिभिजन कार्यालयको भनाई रहेको छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनी भने कामको भुक्तानी नपाउँदा रफतारमा काम गर्न नसकिएको जनाएको छ । भुक्तानीका कारण काममा ढिलाई भएको जनाएको छ । २ महिना काम गर्ने ६ महिना विस्राम लिने कम्पनीको लापरवाहीलाई सम्बन्धीत निकायले समेत व्यवास्था गरेको छ ।