सवारी चालक एशोसियसन कार्यालय सल्यानमा स्थापना
सरकारी तथा संस्थान सवारी चालक एशोसियसन जिल्ला शाखा सल्यानको कार्यालय स्थापना गरिएको छ । २०६७र०६८ सालबाट जिल्लामा रहेका ७/८ जना चालकहरुले संगठन निर्माण गरेर चालकहरु एकबद्ध भएका थिए । एशोसियसनको केन्द्रको बिधान खोरज भएसँगै प्रदेश बिधान अनुसार जिल्लामा पहिलो पटक कार्यालय स्थापना गरिएको हो ।
एशोसियसनका जिल्ला अध्यक्ष ज्ञान बहादुर खान ठकुरीको अध्यक्षतामा भएको कार्यालय स्थापना तथा प्रथम जिल्ला अधिबेशनमा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख केश बहादुर बिष्टले पेशागत हकहितका लागी सक्रिय बन्न चालकहरुलाई सुझाव दिनुभयो । उहाँले जिल्लामा चालक कल्याणकारी कोष स्थापना गरि भैपरी आउने समस्याको समाधानको लागी तयारी गर्न आग्रह गर्नुभयो ।
चालकहरुमा पनि सेवा सुबिधा लगाएतका बिभिन्न समस्याहरु हुने भएकाले समस्या समाधानको लागी एक्लै भन्दा सामुहिक रुपमा संगठन निर्माण गरेर अगाडी बढ्दा सजिलो हुने उहाँको भनाई छ । उहाँले सरकारले निर्माण गरेको ऐन कानुन, पेशागत मर्यादा र अनुशासनमा रहेर काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा सरकारी तथा संस्थान सवारी चालक एशोसियसन कर्णाली प्रदेशका उपाध्यक्ष मान बहादुर रावत, प्रदेश कमिटीका दुर्घटना संयोजक याम लाल आचार्य, सरकारी तथा संस्थान सवारी चालक एशोसियसन सल्यानका संस्थापक अध्यक्ष टेकराज वली, पूर्बअध्यक्ष जुद्ध बहादुर खत्री लगाएतकाले बोल्नु भएको थियो । जिल्ला सदस्य धन बहादुर बिकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन बुद्धि प्रकाश हमालले गर्नुभएको थियो ।
अध्यक्षमा वली चयन
सरकारी तथा संस्थान सवारी चालक एशोसियसन जिल्ला शाखा सल्यानको अध्यक्षमा टेकराज वली सर्बसम्मतीले चयन हुनुभएको छ । मंगलबार सम्पन्न जिल्ला अधिबेशनले वलीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला स्तरीय नयाँ कार्यसमिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा ज्ञान बहादुर खान ठकुरी, सचिबमा सुरेश डाँगी, सहसचिबमा धन बहादुर बिक र कोषाध्यक्षमा निर्मल बुढाथोकी रहनु भएको छ । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र शाह, सुरेश थापा, मुकेश थापा, शिबलाल कवर, प्रभान बोहरा र इन्द्र बहादुर ताराम रहनुभएको छ ।