नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारी द्वारा युथ अफ सल्यानलाई सहयोग रकम हस्तारन्तरण

  २५ भाद्र २०७७, बिहीबार १८:४३

नेपाली काग्रेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीले युथ अफ सल्यान फाउन्डेसनलाई रु ६१ हजार ५ सय २० रुपैया सहयोग रकम हस्ताणन्तरण गर्नुभएको छ ।


सल्यानका युवाहरुले अशाय अशक्त बिरामीहरुलाई सहयोग गर्दै आइरहेको युथ अफ सल्यालाई जापान बाट फर्किएका नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले एक कार्यक्रममाका विच सो सहयोग रकमको चेक युथ अफ सल्यानका संयोजक अनिल भण्डारीलाई हस्ताणन्तरण गर्नुभएको हो ।

भिर बाट लडेर उपचार नपाई गम्भिर बिरामी परेका बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ पाट्केका झुप बहादुर बुढाको उपचारका लागि नेपाल बाट अध्ययन र रोजगारीको लागि जापान पुगेका साथिहरु बाट सो रकम उठाएकोे भण्डारीले बताउनु भयो ।

झुप बहादुर बुढाको उपचारको लागि सहयोग रकम संकलन गरेको भएतापनि उपचारको लागि आवश्यक रकमको जोहो भईसकेकोले सो रकम युथ अफ सल्यान फाउन्डेसनलाई हस्तान्तरण गरेको र सो रकम उचित सदुपयोग गर्नको लागि आग्रह गर्नुभयो ।

उपचारको लागि सहयोग रकम संकलन गरेर उपचारमा सहयोग पु¥याएकोमा सहयोगि हातहरुलाई धन्यवाद दिदै उपचारको लागि समस्या परेका अशायहरुको लागि सो रकम सहयोग गरिने युथ अफ सल्यानका संयोजक अनिल भण्डारीले जानकारी दिनुभयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website