सांगितीक क्षेत्रमा उदाउदै अविरल, “दाह्रा झार्नु पर्छ” बजारमा आउने तयारी
काठमाण्डौं–बैशाख २७,
सन्तोष विके थापा
सुदूर–पश्चिमको डडेल्धुरा घर भई काठमाण्डौंलाई कर्मथलो बनाएर बिगत केही बर्ष देखी गित संगितको क्षेत्रमा संघर्ष गरिरहेका नवगायक अविरल विसीको फरक प्यार्टनमा आधारित लोकदोहरी गित “दाह्रा झार्नु पर्छ” बजारमा आउने तयारीमा रहेको छ ।
यस अघि धर्तीमा जुनले बोलको गित बजारमा ल्याएका विसीको यो दोस्रो गिती एल्बम हो ।
अडियो निर्माणको काम सकिएपछि गितलाई काठामाण्डौंका विभिन्न स्थानहरुमा छायांकन गरिएको गायक विसीले हरेक पोष्ट जानकारी गराए ।
पैसा र पावरले माया पाउन सकिदैन, माया पाउनलाई मन जित्नु पर्छ भन्ने भाव गितमा समेटिएको छ ।
फोरयस मिडिया एण्ड शिव फिल्मस प्रा।लिले निर्माण गर्न लागेको गितमा विवेक विकको छायांकन/निर्देशन छ भने गितको कोरियोग्राफी जेम्स विसीले गरेका हुन ।
गायक अविरल विसीले कोरेका शब्दमा खेम सेन्चुरीले लय भरेका छन ।
अविरल विसी र सम्झाना भण्डारीको स्वर रहेको गितमा सरिश्मा राम्जाली मगर र दामोदर सापकोटाको अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियो यहि साता सार्बजानिक गरिने छ ।
नेपाली गित संगितलाई माथि उठाउन आफु संघर्षरत रहेको बताउने गायक विसीले उत्कृष्ट प्रविधि प्रयोग गरि खिचिएको गितलाई सबैले मन पराउने विश्वास लिएका छन ।