सिम्ता गाउँपालिकाको छैटौ वजेट अधिवेशन सम्पन्न

  ३० असार २०७६, सोमबार १८:३१

दुर्गा वि.सी.

सुर्खेत सिम्ता गाउँपालिकाको छैटौं वजेट अधिवेशन सम्पन्न भएको छ । वजेट माथिको करिव २ हप्ता दफावार छलफल पछि विभिन्न विध्येक पास गर्दे गाउँ सभाले वजेट अधिवेशनलाई आईतबार समापन भएको छ । चालु र पुजिंगत तर्फ गरि ४४ करोड १३ लाख ५१ हजार वरारको वजेट छैटौ गाउँ सामा प्रस्तुत भएको थियो ।

प्रस्तुत भएको वजेट आर्थिक विकासमा १ कराड ५० लाख,सामाजिक विकासमा २ करोड ७८ लाख १२ हजार,पुर्वाधार विकासमा ९ करोड ९१ लाख,वातावरण तथा विपत व्यवस्थापनमा ५० लाख र संस्थागत विकासमा ८६ लाख र प्रशासनिक तर्फ ६ करोड ५० लाख विनियोजन गरेको छ । साथै विभिन्न समिती र उप समितीहरु समेत गठन गरिएको छ । विरुजु फच्र्योट,लेखा समिती गठन,न्याय समितीको विध्येक संसोधन लगाएतका महत्वपुर्ण निर्णयहरु समेत पारित गरेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको छ । शिक्षालाई प्रमुख प्राथामिकरण गर्दे जनतासँग सिम्ता गाउँपालिका भन्ने मुल मन्त्रलाई अघि सार्दे स्वास्थ्य,खानेपानी र विद्युत र आयआर्जनका कुरालाई वजेटले पहिलो प्राथामिकता दिएको छ । लामो छलफल पश्चात सिम्ता गाउँपालिकाको छैटौ नगर सभा विधिवत रुपमा समापन भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website