सिम्ता गाउँपालिकाको छैठौ गाउँ सभामा ३९ करोड ५२ लाख वरावरको वजेट प्रस्तुत

  १० असार २०७६, मंगलवार १६:३७

दुर्गा वि।सी।


सुर्खेत सिम्ता गाउँपालिकाको छैठौ गाउँ सभामा ३९ करोड ५२ लाख ४८ हजार वरारको वजेट प्रस्तुत भएको छ । सिम्ता गाउँपालिकाको आज वसेको गाउँ सभामा उक्त वजेट प्रस्तुत गरिएको छ । कुल विनीयोजित मध्य अन्तर सरकारी वित्तिय हस्ताणतरण तर्फ सर्शत अनुदान १८ करोड ३४ लाख,चालु तर्फ १० करोड ८४ लाख ३६ हजार, पुजिगत ५ करोड ७९ लाख १२ हजार,कार्यलय अनुदान तर्फ ३ करोड ६० लाख र सम्पुरक कोष तर्फ १ करोडको वजेट प्रस्तुत भएको छ । त्यसै गरि विषगत तर्फ आर्थिक विकासमा १ करोड ५० लाख,समाजिक विकासमा २ करोड ७८ लाख,पुर्वाधार विकासमा ९ करोड ९१ लाख,वातावरण तथा विपद व्यवस्थापनमा ३० लाख,संस्थागत विकासमा ५१ लाख ५० हजार र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा ६ करोड १७ लाख वरावरको रकम विनीयोजन गरिएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले प्रस्तुत गर्नु भएको छ ।

आगामी आर्थिक वर्षलाई अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्य आन्तरिक राजश्व ५० लाख रहेको छ । नेपाल सरकारबाट प्राप्त सर्सत अनुदान वापत हुने रु १८ करोड ३४ लाख रहेको छ । त्यसै गरि नेपाल सरकार वितीय सामानीकरण अनुदान तर्फ १० करोड १३ लाख राजश्व वाँडफाँड वापत ८ करोड ८७ लाख,अर्को प्रदेश सरकारबाट वीत्तीय सामान्यीकरण अनुदान वापत १ करोड २ लाख ५१ हजार र राजश्व वाडफाँड वापत १० खा ९७ हजार गत वर्षको मौज्दात ५५ लाख रहेको समेत वताएको छ ।

सिम्ता गाउँपालिकाको मुल ३ लक्ष्य अनुरुप उज्यालो सिम्ता,प्रत्येक वडामा पहुँच मार्ग,जनतासँग सिम्ता गाउँपालिकालाई वढि प्राथामिता दिएको छ । छैठौ गाउँ सभाको उद्घाटन गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के।सीले गर्नु भएको थियो । सभामा वजेट प्रस्तुत गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले गर्नु भएको थियो । वजेटले सिम्ताली जनताको अपेक्षा र आशालाई पुरा गर्ने जनाएको छ । सवै तह र तप्काले यसले विस्तारै भावना पुरा गर्ने समेत वताएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website