सिम्ता गाउँपालिकाको भेरी नदिमा रहेको ठिग्नी जोड्ने झुलङ्गेपुल जिर्ण

  २३ श्रावण २०७६, बिहीबार १०:३७

दुर्गा वि.सीं/श्रावाण,२३
सुर्खेतको सिम्ता गाउँपालीका वडा नं।६ ठिग्नी जोड्ने भेरी नदिमा रहेको झुलङ्गे पुल ५ वर्षमै जिर्ण वन्न थालेको छ । सिम्ताको ठिग्नी गाउँमा जोड्ने उक्त पुलमा गतवर्षको भेरी नदिमा आएको वाढिले वगाएको फेरी पुलमा अल्झिदा पुलका केहि लहरा चुडेका छन् । लहरा चुडे पछि पुलको भाग तल लत्रिएको छ । २ वटा सपोर्टिङ्ग लहरा छुट्टिएका छन् भने अन्य लहरा भने खुकुल्लो भएकोले पुल तल २ १ मिटर तल झरेको छ । भेरी नदिमा पानीको वहाव वढे पछि पानीको सतहले पुललाई छोएको हुन्छ । भेरीमा वाढि उर्लिए पछि स्थानीयलाई पुल वारपार गर्न डराउँछन् ।

निलीगिरी सेवा प्रालिले वानेश्वर काठमाण्डौंले करिव १ करोड हारारीको वजेटमा काम सम्पन्न भएको जनाएको छ । २ सय ८० मिटर लाम्वाईको झुलङ्गेपुल चाँडै जिर्ण भए पछि स्थानीय चिन्तीत वनेका छन् । पुन पुललाई मर्मतको लागि सम्वन्धीत निकायसँग माग समेत गरिसकेका छन् । उक्त पुल सल्यानको वनगाड कुपिण्डे नगरपाली र सुर्खेतको सिम्ता गाउँपालिकाको ठिग्नी जोड्ने पुल हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website