सिम्ता गाउँपालीकाको पुर्व वजेट छलफलसँगै नीती तथा कार्यक्रम सार्वजनीक

  २७ जेष्ठ २०७६, सोमबार ११:०१

दुर्गा वि.सी.

सुर्खेतको सिम्ता गाउँपालिकाले नीती कार्यक्रम तथा वजेटको पुर्व छलफल कार्यक्रम गरेको छ । सिम्ता गाउँपालीकाले सरोकारवाला निकाय,जनप्रतिनीधी, विषगत शाखा,राजनैतकि दलहरुसँग आगमी वजेटका विषयमा सुझाव मागेको छ । उक्त सुझावहरु संकलन गरेर कार्यक्रम मार्फत समेटिने जनाएको छ । नीती तथा छलफल कार्यक्रममा सहभागिले शैक्षिक गुणस्तर,स्वास्थ्य,खानेपानी,उज्यालो सिम्ता,वन अतिक्रमण,वहुविवाह,वालविवाह,दिर्घकालीन योजना,गौरवका मुख्य योजना,चक्रपथ र दुर्तमार्ग जस्ता कुरालाई अघि सार्न विशेष योजना वनाइृ काम गर्न सुझाव दिएको छ । सिम्तामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरुले महत्वपुर्ण सुझाव राखेका थिए । विशेष गरि सम्वृद्ध सिम्ता सुखी सिम्ताली भन्ने मुल मन्त्रलाई अघि सारि काम गर्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको थियो । कृर्षि,वन,पर्यटन,सडक सञ्जालको स्तरवृद्धि,विद्यालयमा शैक्षिक सुधार र स्वास्थ्यको सर्वशुलभतालाई वढि प्राथामिकीकरण गर्ने जनाएको छ ।

विषगत शाखा,जनप्रतिनीधी,व्यापारी,शिक्षक,स्थानीय वुद्धिजिवी,वौद्धिक तप्काका व्यक्तिहरुले निक्कै महत्वपुर्ण सुझावहरु दिएका थिए । उक्त सवै माझबाट आएका सुझावलाई आत्मासाथ गर्ने अध्यक्ष के.सीको भनाई छ । सिम्ता गाउँपालिका यिनै पेरिफेरीमा केन्द्रीत रहेर काम गरिरहेको र अव झन आगमी वाँकी योजनाहरु व्यवस्थित तवरले अघि वढ्ने वताएको छ । नयाँ काम भन्दा पुरानै कामलाई प्राथामीकतामा राखेको छ । सवै अधुरा कामलाई बाँकी कार्यकाल भित्र पुरा गर्ने समेत जनाएको छ । साथै आफ्न सहयात्रीहरुलाई राम्रोसँग स्थानीय स्तरमा अति जरुर तथा आवश्यक कामलाई महत्व दिएर योजना छनौटन गर्न समेत अनुरोध गरिएको छ । वस्ती तथा टोलटोलमा योजना छनौट गर्दा जनप्रतिनीधीहरुले विवेकता दिएर काम गर्न जनाएको छ । गाउँपालिका सफल पार्न र सिम्ताको विकासमा टेवा पुर्याउन एउटाले मात्रै गरेर पुग्दैन । सवैको खाँचो जरुर रहेको जनाएको छ । डुङ्गा तरे सवै पारि जाने हो यदि डुङ्गा डुव्य सवै डुव्ने भएकोले राम्रोसँग जनताको जवाफदेहीता र पार्दशिता प्रति सजग रहन गाउँपालिका अध्यक्ष के.सीले अपिल समेत गर्नु भएको छ । कनिका छरे झै वजेट छनौट नगर्न र जनतालाई प्रत्यक्ष लाभाविन्त हुने योजना ल्याउन माग गरिएको छ । महिला सञ्जाल,अपांगता,युवा र अन्य सवैको उपस्थिती रहेको थियो । वजेटको पुर्व छलफल कार्यक्रममा सवैको उल्लेख्य प्रतिनीधीत्व रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website