सुचना प्रविधि मैत्री तालिमकाे अायाेजना
दुर्गा वि सि/ सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको लागि २ दिने सुचना प्रविधि सम्बन्धि तालिमकाे अायाेजना गरिएको छ ।क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमकाे अायाेजना गरिकाे बनगाड कुपिण्डे नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि गाेविन्द कुमार पुनले वताउनु भएको छ ।
नगरका सम्पूर्ण हरेक गतिविधि अावश्यकता परेकाेवेला तथ्यांक जस्ताको तस्तै फेरिस्त अाउन र देखाउनकाे लागि समेत जरुर रहेको औंल्याएको छ । १२ वटै वडामा कार्यरत कर्मचारी,जनप्रतिनिधि,वडा अध्यक्ष,विषयगत शाखाका प्रमुखहरुलाई तालिम दिन लागिएको छ । सञ्चार मैत्री र प्रविधिको याे युगमा ईन्टरनेट ज्ञानको अावश्यकता टड्कारो रहेकाे बनगाड कुपिण्डे नगरका प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्रीले जानकारी दिनु भएको छ । जाे काेहि पनि यसकाे ज्ञानलिनु जरुरी छ ।सरकारि कार्यलयहरुमा त झनै टड्कारो अावश्यकता खड्किएको जनाउनु भएको छ ।
दुई दिने तालिमबाट सबै विषयगत शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले अा अाफ्नाे वडालाइ प्रविधिमय कामकाज हुने विश्वास लिएकाे छ ।स्थानीय तहमा पञ्जिकरणकाे सफ्टवेयरकाे प्रयोगात्मक अभ्यास,थेउरिकल कुरा,पञ्जिकरण सुचना,नगरमा सुचना प्रविधि प्रयोग र समस्याका विषयमा प्रशिक्षण दिइने छ । बनगाड कुपिण्डे नगर उप प्रमुख मञ्जु यरिकाे अध्यक्षता हुने कार्यक्रम सुचना प्रविधि सम्वन्धि केपि इन्जिनियरिङ्ग साेलुसन प्रालिका प्रकाश के सि,जिवराज के सि र आइटी अफिसर भिम पुनले प्रशिक्षण दिने जनाएको छ ।